८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

छुट सुविधाको ७८ क्वीन्टल चामल मात्र बाँकी

बिहीबारसम्मको रेकर्ड अनुसार ९ सय २२ दशमलव ६० क्वीन्टल चामल बिक्री भइसकेको छ। अहिलेकै दरमा बिक्री भएको खण्डमा तिहार, छठसम्म छुट सुविधाको खाद्यान्न अभाव हुने व्यापार कम्पनीले बताएको छ।

राउटे समुदायलाई चामल

इलामको श्रीअन्तुबाट मुगुको रारातालसम्म साइकल यात्रामा निस्केको विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको टोलीले जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायलाई खाद्यान्न सहयोग गरेको छ।

राउटे समुदायका लागि ‘एक किलोमिटर एक किलो चामल’ अभियान

साइकल यात्रासँगै राउटेलाई राहत उपलब्ध गराउनका लागि ‘एक किलोमिटर एक किलो चामल’ अभियान सञ्चालन गरेको टोलीले सल्यानको सल्लीबजार नजिकै बस्दै आएका राउटे समुदायलाई खाद्यान्न उपलब्ध गराएको हो।

मार्सी चामलको मुल्यमा बिक्दै चिनोकाे चामल

गाउँमा उत्पादित चिनो संकलन गरेर चामल प्रशोधन गरी खलंगा स्थित कोशेली घरमा चामल बेचे। अहिलेसम्म चिनोको चामल धेरै बेच्नेमा उनी पर्छन्। उनले भने, ‘चिनोको चामलको माग बढ्न थालेपछि किसान पनि चिनोको खेति बढाउन थालेका छन्।

खाद्यान्न अभाव भएपछि उत्तरी गोरखामा ९३ क्विन्टल चामल ढुवानी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाले मंगलवार र बुधवार ९३ क्विन्टल चामल ढुवानी गरेको कम्पनीका गोरखा स्थित कार्यालयका सुचना अधिकारी शिब सुनारले बताए।

निजीभन्दा सरकारी चामल महँगो

दसैंका लागि राखिएको करिब साढे सातसय क्विन्टल चामल बिक्री नभएर गोदाममै थन्किएको छ। बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा तराईका जिल्लामा सरकारी चामल बिक्रीमा समस्या हुँदै आएको छ

पहाडी जिल्लामा दसैं अगावै चामल पठाउने तयारी

दसैं नजिकिएसँगै चामलको अत्यधिक माग बढ्दै गएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जले पहाडी जिल्लामा दसैं अगाबै ३८ हजार क्विन्टल चामल पठाउने तयारी थालेको छ।

चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानबिन हुने

सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानबिन गरिने भएको छ।

सिर्दिबासमा सेनाको हेलिकप्टरबाट चामल ढुवानी

उत्तरी गोरखामा खाद्यान्न अभाव भएपछि सेनाको हेलिकप्टरबाट बुधवार ८५ क्विन्टल चामल ढुवानी गरिएको छ ।

सिक्किममा चामलिङले गरे खरेलको कथासङ्ग्रह ‘टिलो’ को सार्वजनिक

कथाकार एवम् सक्रिय पत्रकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किमबाट सार्वजनिक भएको छ ।

चामल माग्न बझाङबाट काठमाडौं

गाउँमा खाद्यान्न अभाव भएपछि चामल माग्न बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहोरा दुई वर्षको छोरो बोकेर राजधानी आएकी छन्। उनीसँगै चारजना वडाध्यक्ष पनि आएका छन्।

सर्वसाधारण भोकै, सरकारको खाद्यान्न नष्ट

लकडाउनको समयमा सर्वसाधारणलाई छाक टार्न मुस्किल भयो। साँझ बिहान मजदुरी गरेर छाक टार्दै आएको असहाय परिवार वडाकार्यालयसँग राहत माग्न पुग्थे। तर स्टोर कक्षमा खाद्यान्न भण्डार गरिएको चामल वडाले दिँदैनथ्यो।

मुस्ताङमा ढुवानी नभए मौज्दात चामलले माग धान्न सकिन्न : संस्थान

हिमालपारीको जिल्ला मुस्ताङमा खाद्यान्न(चामल) सकिदैं गएको छ । केही दिनभित्र ढुवानी नभए खाद्य समस्याको विकराल हुने अवस्था छ । झण्डै डेढ महिनादेखि ढुवानी हुन सकेको छैन् । ढुवानी नहुदाँ व्यापारीले खाद्यान्न आयात गर्न नसक्दा मुस्ताङस्थित खाद्य संस्थानमा मौज्दात चामलले माग धान्न सक्ने अवस्था छैन् । गत आर्थिक वर्षमा गहुँको ढुवानी नहुदाँ चामलको खपत बढेको खाद्य संस्थानले जनाएको छ ।

शे फोक्सुण्डोमा पुग्दैन सरकारी चामल

मुुलुकको दुर्गम क्षेत्रमा चामल आपूर्तिको जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले डोल्पाको शे फोक्सुण्डो गाँउपालिकामा गत वर्ष एक दाना पनि अनुदानको चामल लैजान सकेन ।

राहतस्वरुप १०० बोरा चामल

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा राहतस्वरुप १०० बोरा चामल वितरण गरिएको छ। कोरोनाको महामारीसँगै दैनिकी सञ्चालनमा समस्या परेका सर्वसाधारणलाई लक्षित गरी प्रतिपरिवार २५ किलोग्रामका एक/एक बोरा चामल राहतस्वरुप प्रदान गरिएको राहत संयोजक टेकबहादुर गुरुङले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्