हिमाल जोगिए मात्र पर्यटन जोगिन्छ
जलवायु परिवर्तनले हिमाली भेग र तल्लो तटीय क्षेत्रमा पुर्याएको क्षति बढिरहँदा त्यसलाई रोक्नका लागि अपनाउनुपर्ने प्रविधिबारे छलफल गर्न पोखरामा विभिन्न मुलुकका विज्ञहरु जुटेका छन्। ती विज्ञको एउटै चिन्ता छ– हिमाल र हिमाली भेगको संरक्षण गर्न नसके यसले प्राकृतिक र मानवीय दुवैमा गम्भीर परिणाम ल्याउन सक्छ। त्यसैले सरोकारवाला बेलैमा गम्भीर बन्नुपर्छ। हिमाली क्षेत्र सुरक्षित रहेमात्र पर्यटन जोगिन्छ।