६ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेस बैतडीले गर्‍यो उम्मेदवार सिफारिस

नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

निर्वाचनका लागि १० हजार आठ सय ८८ मतदानस्थल कायम

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको संख्या कायम गरेको छ। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए।

एमाले इलामका उम्मेदवार सिफारिस

यो क्षेत्रमा ०७४ सालमा नेकपा (माओवादी)का धीरेन शर्मा रमण विजयी बनेका थिए। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादीले साझा रूपमा उम्मेदवार उठाएका थिए।

गठबन्धनबाट गण्डकीमा कहाँ कसको दाबी?

जनाधार, शक्ति सन्तुलन, विगत चुनावको परिणाम आदिलाई हेरेर तालमेलको प्रक्रिया टुङ्गाउनुपर्ने उनीहरूको सुझाव छ। गठबन्धनको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले बागलुङ–१ मा चित्रबहादुर केसीलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेपछि जिल्ला तहमा क्षेत्र बाँडफाँट पेचिलो बन्ने देखिएको छ।

इलाम कांग्रेसबाट खड्का र आचार्य सिफारिस

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला समितिले नाम सिफारिस गर्ने उम्मेदवारको नाम टुंग्याएको छ।

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत नुवाकोट १ बाट सिफारिस

आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन्।

भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयलाई भदौ १५ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा उम्मेदवार सिफारिसको अन्तिम मिति भदौ २२ गतेलाई तोकिएको हो।

चुनावका बेला गाडी किन्दै प्रहरी

नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १८० वटा गाडी खरिद गर्न स्वीकृति दिएसँगै प्रक्रिया अघि बढाइएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दल स्वीकृत

आयोगमा दर्ता भएका राजनीतिक दलहरूमध्ये ७५ दल एकल रूपमा सहभागी हुने छन् भने चारवटा समूहमा रहेर १२ वटा राजनीतिक दलले तालमेल गर्ने निर्णय गरेर एकल निर्वाचन चिह्न माग गरेका छन्।’

लुम्बिनी प्रदेशः मत तान्न र जोगाउन फेरि ‘राजधानी विवाद’

बुटवलमै राजधानी राख्नुपर्छ भन्ने सांसद र मन्त्री एकातिर छन् भने दाङको देउखुरीमा सार्नुपर्छ भन्ने सांसद र मन्त्री अर्कातीर छन्। यसमा दलगत स्वार्थ भन्दा पनि भेगीय राजनीति हाबी भएको देखिन्छ।

निर्वाचनमा जोडघटाउ गर्दै दलहरू: एमालेलाई चुनाव चुनौतीपूर्ण

मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन्।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच संयुक्त घोषणा पत्र, पार्टी संयोजन समिति गठन गर्ने सहमति

दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने, पार्टी एकता संयोजन समिति गठन गर्ने, माओवादी केन्द्रको अर्को नाम राख्ने र गठबन्धन कायम राख्ने सहमति भएको हो।

आगामी चुनावका लागि केन्द्रसँग पहुँच बढाउँदै नेताहरु

‘केन्द्रले उम्मेदवार तय गर्दा विवादरहित बनाउनुपर्छ भन्नेमा सबैको जोड छ। त्यसका लागि प्रदेशका सभापतिसहितका पदाधिकारी राजधानीमा छन्,’ बरालले भने, ‘केन्द्रको पदाधिकारी बैठकमा सबै प्रदेशका सभापति पुगेर उम्मेदवार चयन गर्दा एकरुपता कायम गर्ने प्रयास भइरहेको छ। स्थानीय तहमा जस्तो अवस्था नआओस भन्ने धेरैको चाहना छ। त्यही प्रयासबीच व्यक्तिगत भेटघाट पनि बाक्लिएको छ।’

एकीकृत समाजवादीले भदौ १५ भित्र उम्मेदवार छान्ने

पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रक्रिया पनि तय गरेको छ। प्रतिनिधिसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्पmको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गनुपर्ने छ।

कार्यदलले शीर्ष नेतासँग परामर्श गर्ने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूसँग परामर्श गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्