२२ वैशाख २०८१ शनिबार
image/svg+xml

घोषणामै सीमित घोषणापत्र

सामान्यतः निर्वाचनमा भाग लिनुअघि तयार पार्नुपर्ने मुख्य दस्ताबेज घोषणापत्र हो।यसले सम्बन्धित दलको आगामी कार्यदिशा निर्धारण हुन्छ।त्यो काम पूरा गर्न सक्ने उम्मेदवार त्यसै आधारमा चयन गर्न कोसिस हुन्छ।हामीकहाँ निर्वाचन घोषणापत्र सबै भन्दा कम प्राथमिकताको विषय हो ।

नवलपरासी पूर्वमा १३ मतदानस्थल अतिसंवेदनशील

निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायलाई एकीकृृत गरी परिचालन गर्नेगरी सुरक्षा विशेष योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।

खेतबारीमै मतदातालाई भेट्दै उम्मेदवार

उनीहरूको जिन्दगी त्यही कालीगण्डकीको बालुवामा नै अडिएको छ। 'हामीले बालुवा झिक्दा प्रहरी प्रशासनले अवरोध गर्ने, दुःख दिने काम गर्छ', स्थानीय प्रमिला जिसीले भनिन्, 'हाम्रो बाँच्ने आधार भनेकै बालुवा हो, अरुले जस्तो मेसिन लाउँदैनौँ, हातले बालुवा झिक्दा पनि गरी खान दिँदैनन्। हाम्रो समस्या समाधान गर्नेलाई भोट हाल्छौँ।'

काठमाडौँ-१ मा २१ राजनीतिक दल चुनावमा भाग लिँदै

यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरका १०, ११, २९ र ३१ वडा समेटिएका छन्। प्रदेशसभा ‘क’तर्फ काठमाडौँ महानगरका १०, ११ र २९ वडा तथा प्रदेशसभा ‘ख’मा काठमाडौँ महानगरको ३१ वडा समेटिएको छ।

वर्षातका कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन

सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर राखेर २०/२२ दिनभित्र सो काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

पूर्वी नवलपरासीमा चुनावी सरगर्मी बढ्यो

जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रमा पनि विशेषगरी सत्ता गठबन्धनबाट र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

अर्घाखाँचीमा २९ जनाको उम्मेदवारी, रायमाझी र भुसाल मुख्य प्रतिस्पर्धी

जिल्लाको एक प्रतिनिधिसभा र २ प्रदेशसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

सत्तारुढ गठबन्धन बैठक: आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट सिध्याउने

आज बिहानदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले राससलाई जानकारी दिए।

बन्दसूचीबाट नाम फिर्ता लिन १२ बजेसम्म समय

उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम रहेको छ।

माओवादी केन्द्र बैतडीद्वारा उम्मेदवार सिफारिस

संघीय सांसदका लागि नरेन्द्रबहादुर कुँवरको नाम सर्वसम्मत सिफारिस गरेको माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए। कुँवर २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

एमाले इलामका उम्मेदवार सिफारिस

यो क्षेत्रमा ०७४ सालमा नेकपा (माओवादी)का धीरेन शर्मा रमण विजयी बनेका थिए। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादीले साझा रूपमा उम्मेदवार उठाएका थिए।

इलाम कांग्रेसबाट खड्का र आचार्य सिफारिस

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला समितिले नाम सिफारिस गर्ने उम्मेदवारको नाम टुंग्याएको छ।

चुनावका बेला गाडी किन्दै प्रहरी

नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १८० वटा गाडी खरिद गर्न स्वीकृति दिएसँगै प्रक्रिया अघि बढाइएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दल स्वीकृत

आयोगमा दर्ता भएका राजनीतिक दलहरूमध्ये ७५ दल एकल रूपमा सहभागी हुने छन् भने चारवटा समूहमा रहेर १२ वटा राजनीतिक दलले तालमेल गर्ने निर्णय गरेर एकल निर्वाचन चिह्न माग गरेका छन्।’

निर्वाचनमा जोडघटाउ गर्दै दलहरू: एमालेलाई चुनाव चुनौतीपूर्ण

मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्