५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

अर्घाखाँचीमा २९ जनाको उम्मेदवारी, रायमाझी र भुसाल मुख्य प्रतिस्पर्धी

मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा गरी ३ सांसद पदका लागि अर्घाखाँचीमा २९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जिल्लाको एक प्रतिनिधिसभा र २ प्रदेशसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। प्रतिनिधिसभातर्फ १२ जना र प्रदेशसभा सदस्यतर्फ १७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

प्रतिनिधिसभातर्फ नेकपा एमालेका केन्द्रिय सचिव टोप बहादुर रायमाझी, काँग्रेस केन्द्रिय सदस्य पुष्पा भुसाल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालका खलिन मियाँ, हाम्रो नेपाली पार्टीका दुर्गा बन्जाडे, जनता समाजवादी पार्टी नेपालका नेत्र बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि प्रसाद भुसाल, स्वतन्त्र पशुपतीनाथ ढकाल, जनसमाजवादी पार्टी नेपालका पिताम्बर अर्याल, मंगोल नेशनल अर्गनाइजेसनका पुर्ण बहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका मधुबहादुर सारु, नेपाल मजदुर किसान पार्टीका सुतेज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका होमनारायण बेल्बासेले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै प्रदेश सांसदका लागी प्रदेशसभा ‘क’ बाट नेकपा एमालेका चेतनारायण आचार्य, नेकपा माओवादी केन्द्रका ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका सागर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका झबिन्द्र फुल्लेल, नेकपा एकीकृत समाजवादीका रामबहादुर चौहान, स्वतन्त्रबाट वसन्त केसि, राजन नेपाली र बिक्रम खनालले उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेशसभा ‘ख’ बाट नेकपा एमालेका रामजी प्रसाद घिमिरे, नेपाली काँग्रेसका कमल प्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाका जिवलाल पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका चेतबहादुर पौड्याल, जनता समाजवादी पार्टी नेपालका टुकबहादुर चेवाली, स्वतन्त्रबाट खेतुलाल उपाध्याय, चिरञ्जीवी अर्याल, बाबुराम रोका मगर र महेश पन्थ रहेका छन्।

प्रकाशित: २५ आश्विन २०७९ ०५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App