५ आश्विन २०८१ शनिबार
image/svg+xml

कांग्रेस केन्द्रीय सदस्यमा बाँकेबाट पाँच जना आकांक्षी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि बाँकेबाट ५ जना आकांक्षी देखिएका छन्। संस्थापन(देउवा) पक्षबाट ४ र संस्थापन इतर (कोइराला पौडेल) पक्षबाट एक जनाले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका हुन्।

केन्द्रीय महाधिवेशन पछि मात्रै सिन्धुलीमा जिल्ला अधिवेशन हुने

यहि मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशन पछि मात्रै जिल्ला अधिवेशन हुने नेपाली कांग्रेस सिन्धुलीले जनाएको छ।

कांग्रेस महाधिवेशन: प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ।

'म सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुन्छु'

सोमवार काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसलाई आफ्नो सम्पर्क कार्यालय संचालन गरेका नेता सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका हुन्।

दिपक गिरीले सहमहामन्त्रीमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी कांग्रेसको १४औ महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।

शक्ति बढाउँदै सिटौला

पार्टीभित्र विद्यमान तीन समूहमा सिटौला पक्ष एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हैसित नभए पनि नयाँ नेतृत्व चयनका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेशसम्म भएका निर्वाचनमा उनीहरूको मत निर्णयक बनेको छ। झापासहित केही जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएका सिटौलाले कोइरालाहरूको गढ मानिएको प्रदेश एकको नेतृत्व पनि आफ्नो पक्षमा पारेका छन्।

इतर पक्षमा सहमतिको सम्भावना टर्दै

नेता रामचन्द्र पौडेलनिवास बोहोराटारमा सोमबार साझा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सहभागी थिए। छलफलमा सहभागी चारैजना नेताले सभापतिमा आ–आफ्नो दाबेदारी फेरि प्रस्तुत गर्दै उनीहरूले एकअर्कालाई आफूलाई सहयोग गर्न आग्रह गरेका छन्।

‘सभापतिमा उठ्छु,सहयोग गरिदिनुस्’

महाधिवेशन सुरु हुन केही दिन मात्र बाँकी रहँदा सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूसँगको भेटमा उनले विधानबमोजिम एकपटक सभापति बन्न चाहेको बताएका हुन्।

कांग्रेस प्रदेश अधिवेशनः कर्णाली र सुदूरपश्चिममा देउवाको वर्चश्व

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि भएका प्रदेश अधिवेशनमा पश्चिम नेपालका तीन प्रदेशमध्ये दुई प्रदेशमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका उम्मेदवार विजयी भएका छन्।

‘महिला स्वास्थ्य स्वयंसेविकाको सुविधा बढाउनुपर्छ’

१८औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आइतबार नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सांसद समेत रहेका कँडेलले अन्य श्रमिक जस्तै स्वयंसेविकालाई सेवा सुविधा उपलब्ध गराउपर्ने बताए।

कांग्रेस सुदूरपश्चिम प्रदेश समिति: सपथ ग्रहणसंगै पहिलो बैठक

नवनिर्वाचितहरुलाई निर्वाचन अधिकृत वीरबहादुर जेठाराले सपथ ग्रहण गराएका हुन्। कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश समितिका ५९ जनाले सामूहिकरुपमा सपथ लिएका हुन्।

देउवाले पद र शक्तिको दुरूपयोग गरेको अमरेशको आरोप

महाधिवेशन सुरु हुन केही दिन मात्र बाँकी रहँदा आइतबार सिंहले विज्ञप्ति जारी गर्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन देउवाले पार्टी र सरकारको पदको दुरूपयोग गरेको आरोप लगाएका हुन्।

काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन्। संस्थापनइतर पक्षका नेता पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पारजित गरेका हुन्।

सभापतिको टुंगो नलाग्दा पदाधिकारीका आकांक्षी अन्योलमा

कांग्रेस महाधिवेशन सुरु हुन एक साता बाँकी रहँदा मुख्य नेतृत्वको प्रतिस्पर्धामा कोको खडा हुन्छन् भन्ने टुंगो नलागे पनि पदाधिकारीका आकांक्षीले दौडधुप बढाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्