२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दिपक गिरीले सहमहामन्त्रीमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले कांग्रेसको १४औं महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।

हालै सम्पन्न नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा उनले सभापति,महामन्त्री लगायत धेरैजसो पदमा सस्थापनइतर पक्षका नेतालाई विजयी गराउन सफल भएका छन्। उनी संस्थापनइतर पक्षसँग निकट मानिन्छन्। उनको गृहजिल्ला दाङ हो।

गिरी नेपाली कांग्रेसको १३ र १२ औं महाधिवेशमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन्। १४औ महाधिवेशन उनले सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ। १४ औँ महाधिवेशनमा संस्थापनइतर पक्ष टिमबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी भएको गिरी निकट एक नेताले बताए।

२०३ ६सालमा काठमाडौंमा विद्यार्थी आन्दोलन हुँदा उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य थिए। त्यसबेला नेविसंघको केन्द्रीय अध्यक्ष विमलेन्द्र निधि थिए भने गिरी र पूर्णबहादुर खड्का केन्द्रीय सदस्य थिए। 

विपि कोइराला निर्वासनको सिलसिलामा भारतमा भएको बेला भारतको वनारसमा विपिसँग उनको पहिलो भेट भएका थिए। पूर्व सिँचाइ मन्त्री समेत भएका गिरी विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसँग जोडिएका छन्।

प्रकाशित: २१ मंसिर २०७८ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App