५ आश्विन २०८१ शनिबार
image/svg+xml

स्थानीय तह निर्वाचन: धनुषामा तयारी तीव्र

आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिंदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ।

निर्वाचन सामग्री लिएर ताप्लेजुङका निर्वाचन अधिकृतहरू कार्यक्षेत्रमा

स्थानीय तहको निर्वाचनका आठराइ त्रिबेणीमा बिदुरप्रसाद कोईराला,फक्ताङ्लुङमा राजकुमार दाहाल, मिक्वाखोलामा मधुसुदन आचार्य र मैवाखोलामा दिब्यराज घिमिरे निर्वाचन अधिकृत तोकिएका छन्।

सत्ता गठबन्धनमा भागबन्डा

नगरपालिका, गाउँपालिकामा उम्मेदवार टुंगो लगाउने जिम्मा गठबन्धनमा रहेका दलका तल्ला निकायलाई नै छाडेका शीर्ष नेताहरूले ६ महानगरपालिका भने भागबन्डा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले तीन महानगरपालिकामा नेतृत्वका लागि उम्मेदवारी दिने सहमति भएको छ।

निर्वाचनको ७२ घण्टाअघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए।

ताप्लेजुङमा १४ दलको अभिलेखीकरण, २७ निर्वाचन चिन्ह भएको मतपत्र आउन सक्ने

आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा २७ वटा सम्म निर्वाचन चिन्ह भएको मतपत्र आउने भएको छ।

एमालेको सचिवालय बैठक आज बस्दै

एमालेले आगामी बैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने जनाएको छ। त्यसकै तयारीका लागि बैठक बोलाइएको अधिकारीको भनाइ छ।

स्थानीय निर्वाचन नेतृत्व केन्द्र अक्षम

आम मतदातामा देखिएको असन्तोष, कार्यकर्ताको अव्यवस्थापन र केन्द्रमुखी व्यवहारले निर्वाचन परिणाम आफूले अपेक्षा गरेभन्दा भिन्न आउँछ भन्ने बुझेका कारण केही नेतालाई निर्वाचन सार्नुपर्ने बाध्यात्मक अवस्था आएको हुन सक्छ। तर, निर्वाचनको जहाज उडिसकेको हुनाले अब रोकिँदैन, रोक्नु हुँदैन।

मधेसमा गठबन्धनबाट टाढिँदै जसपाः भट्टराई र यादवसँग दाहालको भेट

स्थानीय तहमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीसँग प्रतिस्पर्धा नगर्ने जसपाका नेताहरूले सार्वजनिक रूपमा घोषणा गरेका थिए तर कैलालीमा त्यस्तो भएन। कैलालीमा जसपाले लोसपा र नेपाल लोकतान्त्रिक पार्टीसँग गठबन्धन गरेको छ।

केन्द्रमा मेल, स्थानीय तहमा बेमेल

माओवादी केन्द्रले यसअघि जितेका सबै स्थानीय तहमा आफ्नो दाबी गरेको छ। कांग्रेसले पनि यसअघि जितेका र निकट भएर हारेका स्थानीय तहमा पनि दाबी गरेको छ। त्यसैगरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले पनि यस्तैखाले दाबी गरेको छ। कांग्रेस र माओवादी दुवैले नेकपा एसलाई सहयोग गर्ने अवस्था भए पनि केही खास स्थानमा भने असहयोग हुने अवस्था रहेको छ।

निर्वाचन नजिकिएसँगै जिल्लामा रगतको अभाव

स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि जिल्लामा रगतको अभाव देखिन थालेको छ। भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आवश्यकताअनुसार रगत उपलब्ध हुन छाडेको छ।

दलको चुनाव चिन्ह निर्धारण

देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएको छ।

कार्यदलको भित्र बैठक, बाहिर नाराबाजी

स्थानीय तह निर्वाचनका लागि सत्तारुढ दलले जिल्ला स्तरमा गठबन्धन गर्नका लागि बसेको बैठक स्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन्।

सडक खनियो तर स्तरवृद्धि भएन

सदरमुकामसँग जोडिएको खाँडाचक्र नगरपालिकाले पाँच वर्षमा ८५ किलोमिटर ग्रामीण सडक निर्माण गर्‍यो। तर कालोपत्रे र स्तरवृद्धि नहुँदा समस्या हुने गरेको छ।

गठबन्धनले एमालेसँग चुनावी तालमेल गर्दैन: प्रवक्ता महत

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीचनै प्रतिस्पर्धा हुन सक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्