२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

गत आर्थिक वर्षको रकम फिर्ता नगरेपछि पर्साका स्थानीय तहका बजेट रोक्का

पर्साका स्थानीय तहले आर्थिक वर्ष २०७९/८० मा बाकी रहेको रकम फिर्ता नगरेपछि कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले बजेट रोक्का गरेको छ।

रोक्का गरिएका स्थानीय तहहरू पोखरिया, बहुदरमाई नगरपालिका, जगरनाथपुर, धोबिनी, पकाहामैनपुर, सखुवाप्रसौनी, कालिकामाई गाउँपालिका रहेको कोलेनिकाले जनाएको छ।

पर्साको  १४ वटा स्थानीय तहमध्ये ८ वटाको बजेट रोकिएको हो। चालु आर्थीक वर्ष २०८०/८१ को लागि संघ तथा प्रदेश सरकारले मातहतका कार्यालयहरूलाई बजेटको अख्तियारी पठाए पनि आठ वटा स्थानीय तहको बजेट अहिलेसम्म रोक्का रहेको कोलेनिकाले जनाएको छ। सबै स्थानीय तहले वार्षिक बजेट तयार गरे पनि गत वर्षको बजेटको हिसाब नदिएका कारण स्थानीय तहको चालू आवको बजेट रोकिएको हो।

पर्सागढी नगरपालीकाले एक करोड ५७ लाख, जगरनाथपुर गाउँपालीकाले एक करोड ७२ लाख, पटेर्वासुगौली गाउँपालीकाले दुइ करोड ४३ लाख, धोबिनी गाउँपालीकाले २ करोड ५२ लाख, पोखरिया नगरपालीकाले ३ करोड २८ लाख, कालिकामाई गाउँपालीकाले २ करोड ९२ लाख रकम फिर्ता गर्नुपर्ने कोलेनिकाले जनाएको छ।

अहिलेसम्म वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, विन्ध्यवासिनी, छिपहरमाई, पटेर्वासुगौली गाउँपालिकाले बाँकी रकम फिर्ता गरेका कारण उनीहरूको बजेट कोलनिकाले पठाएको छ।

गत आर्थीक वर्षमा नेपाल सरकारले वीरगंज महानगरपालिकालाई एक अर्ब ५२ करोड, पोखरिया नगरपालीकालाइ ३६ करोड २२ लाख, पर्सागढी नगरपालीकालाइ ३२ करोड ९४ लाख, बहुदरमाई नगरपालीकालाइ ३९ करोड ६१ लाख, छिपहरमाईलाई २९ करोड १९ लाख, जगरनाथपुरलाई ३१ करोड ६६ लाख, धोबिनी गाउँपालीकालाइ २३ करोड ९७ लाख, पकाहामैनपुरलाई २२ करोड ३४ लाख, पटेर्वासुगौलीलाई २९ करोड ८३ लाख, विन्ध्यवासिनीलाई २५ करोड ३९ लाख, सखुवाप्रसौनीलाई ३५ करोड ३८ लाख, ठोरीलाई ३४ करोड २५ लाख, कालिकामाईलाई २४ करोड १५ लाख र जीराभवानी गाउँपालिकालाई २७ करोड ४५ लाख रकम पठाएको थियो।

प्रकाशित: १० आश्विन २०८० ०७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App