३० वैशाख २०८१ आइतबार
image/svg+xml

जनैपूर्णिमाको चलपहल(फोटो फिचर)

हिन्दु धर्मावलम्बीहरूद्वारा प्रत्येक संवत्सरको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने पर्व रक्षाबन्धन सोमबार गुरूपुरोहितद्वारा हातमा रक्षासूत्र (डोरो) बाँधेर मनाइँदै छ। रक्षाबन्धनमा काठमाडौंको पशुपती क्षेत्रमा मानिसहरुको चहलपहल बढेको छ।

यसरी बन्छ जनै

‘ससाना नियमलाई उन्दै जाँदा पूर्ण जनै तयार हुन्छ,’ भवदिपले भने, ‘तब मात्र यसले जनैपूर्णिमामा लगाउनुको सांस्कृतिक महत्व राख्छ।’

गोसाइँकुण्ड मेला सञ्चालन नगर्ने निर्णय

जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष सञ्चालन नहुने भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै मेला सञ्चालन नगर्ने निर्णय गरिएको हो ।

गोसाइँकुण्ड मेलामा एक लाख ३४ हजार भेटी

जनैपूर्णिमा मेलाको अवसरमा गोसाइँकुण्डमा आएका तीर्थयात्रीले एक लाख ३४ हजार रुपयाँ भेटी चढाएका छन्।

जनैपूर्णिमाको रौनक

आज बिहानैदेखि जनैपूर्णिमा दिन हिन्दू धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) र गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै लगाउने चलन छ। तराइ तिर आजका दिनमा रक्षाबन्धन पनि भन्छन्। रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

गोसाइँकुण्ड मेलाकाे दररेट ताेकियाे

जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका लागि दररेट (शुल्क) निर्धारण भएको छ। मेलाको समयमा तीर्थयात्री ठगिने सम्भावना कम गर्नका लागि दररेट निर्धारण गरिएको हो।

जनैपूर्णिमा तथा रक्षाबन्धन (फोटो फिचर)

जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा काठमाडौंको पशुपती र ललितपुरको बंगलामुखी मन्दिरमा आइतबार बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ।

आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ।

गोसाइँकुण्डः एक हप्तामा करिब ३ हजारले भरे मेला

जनैपूर्णिमा मेलाको अवसरमा गोसाइँकुण्डमा एक हप्ताको अवधिमा करिब ३ हजार तीर्थयात्रीले मेला भरेका छन्। यो वर्ष करिब १५ हजारले मेला भर्ने अनुमान छ।

जनैपूर्णिमाकाे अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाको तयारी थालियाे

जनैपूर्णिमाको अवसरका लाग्ने गोसाइँकुण्ड मेलाको तयारी सुरु गरिएको छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका ५ मा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएसँगै तयारी थालिएको हो।

जनैपूर्णिमा र नागपञ्चमी किन एकै दिन?

प्रत्येक वेदपाठी र अन्य साधक वा याज्ञिकमा वर्ष दिनभरि रहेको दुष्कर्म, दुराचार, दुर्व्यवहार र दुष्परिणामको निराकरणका साथै वेदमन्त्रको पुनःताजगीकरण, प्रभावकारिता, शक्तिसम्पन्नता र सामर्थ्यशीलताका लागि गरिने गणस्नान, ऋषिपूजन, ऋषितर्पणी, उत्सर्जन, उपाकर्म, नवीन यज्ञोपवीताभिमन्त्रण, धारण र रक्षाबन्धन गर्ने कृत्यलाई जनैपूर्णिमाको कर्तव्य कर्म मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्