२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बिल गेट्सका पिताको निधन

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ ।

नवलपरासी कांग्रेस उपसभापति गिरीको निधन

नेपाली कांग्रेस नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति सुवासचन्द्र गिरीको कोरोना भाइरसका कारण निधन भएको छ ।

रहेनन् पौभाः चित्रकलाका अभिभावक प्रेममान

पौभाः चित्रकलाका अभिभावक प्रेममान चित्रकारको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ । रोगले च्यापेपछि बिहीबारदेखि कलंकीस्थित नेसनल अस्पतालको आइसियुमा उनको उपचार भइरहेको थियो ।

रौतहटमा ज्वरो र रुघाखोकी लागेर विरामी परेका वडाध्यक्षको निधन

रौतहटमा एक जना वडाध्यक्षको निधन भएको छ। इशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडाध्यक्ष ५५ बर्षिय देवेन्द्र ठाकुरको आज बिहान निधन भएको हो।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष गुरुङको निधन

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मे.दिपकबहादुर गुरुङको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा निधन भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । उनको निधनले खेलकुदको अभिभावक गुमाएको छ ।

छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित

नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको थियो ।

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। ६३ वर्षिय छन्त्यालको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा बुधबार निधन भएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन्।

पुराना फुटबल खेलाडी राजबहादुर सिंहको निधन

काठमाडौंको छाउनीस्थित आफ्नै निवासमा शुक्रबार राति ८८ वर्षको उमेरमा सिंहको निधन भएको हो । उनी दमको रोगबाट पीडित थिए ।

मष्तिष्कघातका कारण दलित नेताको निधन

खोटाङका कांग्रेस नेता एबं दलित समुदायका अगुवा हिराबहादुर बिश्वकर्माको निधन भएको छ । मष्तिष्कघातका कारण कांग्रेसका पूर्व जिल्ला सदस्य एबं नेपाल दलित संघका जिल्ला अध्यक्ष बिश्वकर्माको ५८ वर्षको उमेरमा शुक्रबार राति निधन भएको हो ।

पूर्व राज्यमन्त्री मेघराज निसाधको निधन

पूर्व राज्यमन्त्री मेघराज निसाधको निधन भएकाे छ । मिर्गाैला सम्बन्धी समस्याबाट पीडित ६५ वर्षीय निसाधको उपचारकै क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मंगलबार दिउँसो निधन भएको हो ।उनकाे निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।

सर्पले डसेर ताप्लेजुङमा १ जनाको ज्यान गयो

सर्पले डसेर ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको देवलिङ्गेमा १ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार ज्यान जानेमा ६८ वर्षिय पत्नालाल बम्जन तामाङ् रहेका छन् ।

संगीतकार वाजिद खानको निधन

भारतीय फिल्मका संगीतकार वाजिद खानको निधन भएको छ। मिर्गौला संक्रमण भएर सोमबार ४२ वर्षीय संगीतकार खानको निधन भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्