१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पुराना फुटबल खेलाडी राजबहादुर सिंहको निधन

पहिलो पुस्ताका फुटबल खेलाडी एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य-सचिव राजबहादुर सिंहको निधन भएको छ ।

काठमाडौंको छाउनीस्थित आफ्नै निवासमा शुक्रबार राति ८८ वर्षको उमेरमा सिंहको निधन भएको हो । उनी दमको रोगबाट पीडित थिए ।  

२०४८ देखि २०५० सम्म राखेपका सदस्य–सचिव रहेका सिंह नेपाली फुटबल टिमको पहिलो कप्तान  थिए । उनी नेपालका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ ।  

शनिबारै पशुपति आर्यघाटमा सिंहको अन्त्येष्टि गरिएको छ ।  राखेपका सदस्य-सचिव रमेशकुमार सिलवालले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । 

प्रकाशित: १३ असार २०७७ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App