२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। ६३ वर्षिय छन्त्यालको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा बुधबार निधन भएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन्। उनी मुटु सम्वन्धी समस्याबाट पीडित थिइन्। छन्त्यालको केही दिन अघि मुटुको सल्यक्रिया गरिएको थियो। अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

बागलुङ ढोरपाटनकी छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा निर्वाचित भएकी थिइन्।

उनी संसदको कृषि, सहकारी, पशुपन्छी तथा वातावरण समितिकी सदस्य पनि हुन्। उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन्।  

 

 

प्रकाशित: १७ असार २०७७ ०६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App