७ आश्विन २०८१ सोमबार
image/svg+xml

सहकारीका सात सय बचतकर्ताले प्रहरीमा कागजात बुझाए

कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन्।

अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन्।

सहकारीले तिरेनन् स्वरोजगार कोषको ऋण

सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाले युवा स्वरोजगार कोषबाट सहकारीमा आवद्ध युवाहरूलाई स्वरोजगार बनाउन १० वर्षअघि ५० लाख रूपैयाँ ऋण लियो।

भिमकुल सहकारीद्वारा २५ करोड भन्दाबढि ऋण लगानी

२७ औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार गोरखा सदरमुकाममा आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष कृष्णकुमार श्रेष्ठले गत कात्तिक मसान्त सम्म २५ करोड ४३ लाख ५६ हजार पाँच सय ३३ रुपैयाँ ऋण प्रवाह भएको बताए।

हिमालय सहकारीको साधारणसभा सम्पन्न

हिमालय सहकारी संस्था लि. को २६ औं वार्षिक साधारणसभा अध्यक्ष दयानाथ शर्माको सभापतित्वमा सम्पन्न भएको छ।

‘भक्तपुरका सहकारी संस्थाहरु भाग्दैनन्’

‘बचत गरौं भविष्य उठाऔं, ऋण लिई उद्यम गरौं’ भन्ने नाराको साथ २०६४ सालमा स्थापना भएको उक्त संस्थाको साधारणसभामा संस्थाका सचिव महेशबहादुर धौबञ्जारले आर्थिक वर्ष २०७८/७९ मा संस्थाले गरेका र आर्थिक वर्ष २०७९/८० मा गर्ने योजनामा राखिएका गतिविधि कार्यक्रमबारे जानकारी दिएका छन्।

एक मोहर बचत गर्दै आएको विकूको सम्पत्ति नौ अर्ब बढी

‘विकूले चिनाउने छ अक्षर, सबै सदस्य बन्ने छन् साक्षर भन्ने उद्देश्यका साथ विगतका वर्षदेखि नै आफ्नै स्रोत र साधनबाट हामीले अनौपचारिक शिक्षा सञ्चालन गर्दै आएका छौँ’

रकम अपचलका कारण बन्द रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी पुनः सञ्चालन

दुई वर्ष ७ महिनादेखि अदालतमा चलेको मुद्दाका कारण बन्द भएर अन्योलमा रहेको सहकारीको सेवा पुनः सुरु भएको सहकारीका अध्यक्ष राजुप्रसाद अर्यालले बताए। उनले पहिला चरणमा ऋणीहरुसँग सावा र ब्याज असल्ने प्रकृया थालिने बताए। बचतकर्ताहरुको पैसा दशै वा तिहारपछि किस्ताबन्दीमा फिर्ता गरिने उनले बताए।

सहकारीमा पैसा अभाव: एकपटकमा ५ प्रतिशत मात्रै निकाल्न पाइने

तरलताको समस्या देखिएपछि सहकारी संस्थाका सदस्य बचतकर्ताले एकपटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने भएका छन्।

गौतम श्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा गर्न सिफारिस

‘समितिले सहकारीको सबै दायित्व लिएर आवश्यकता अनुसार कारबाही प्रक्रिया अघि बढाउँछ,’ उपाध्यायले भने– ‘के कस्तो कारबाही गर्ने अन्तिम निर्णय गर्ने अधिकार समितिलाई छ।’

कसुरदार ठहरिएका ५ जनालाई जेल सजाय

तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड हिनामिना भएको मुद्दामा कसुरदार ठहरिएका ५ जनालाई नै जेल सजाय तोकिएको छ।

बचतकर्ताको फसेको रकम फिर्ता गर्ने अध्यक्ष अर्यालको प्रतिबद्धता

१२ करोडको अनियमितता भएपछि ढाई वर्षदेखि बन्द रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको नया सञ्चालक समति गठन गरिएको छ।

चन्द्रोदय बहुउद्देश्यीय सहकारीको सेवा शुभारम्भ

भक्तपुरको सूर्यविनायकमा कार्यालय स्थापना गरी चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बुधबारदेखि सेवा शुभारम्भ थालेको छ।

कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिबद्धता

नेपालका ७५ भन्दा बढी जिल्लामा साना किसान सञ्जाल रहेको साना किसान अभियानसँग जोडिएर गाउँ तहका साना किसान सदस्यलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको राजदूत हानान गोडरल बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्