२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

झापामा मह प्रशोधन उद्योग सञ्चालनमा

झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ।

मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो। सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको एक करोड २५ लाख रुपैयाँ लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी ओली दाहालले बताइन्।

उनले उद्योगमा वार्षिक १० हजार मेट्रिक्टनभन्दा बढी मह उत्पादन हुँदै आएको जानकारी दिइन्। व्यावसायिक रूपमा मह उत्पादनका लागि सतासीमा खेती समेत गरिंदै आइएको छ। अब आधुनिक मेसिनबाट मह प्रशोधन हुने भएकाले बजारीकरणमा पनि समस्या नहुने किसान धनमाया पाठकले बताइन्।

उनका अनुसार पहिलो चरणमा सो उद्योगमा सात महिलाले रोजगारी  पाएका छन्। शिवसताक्षी-११ मा बासिन्दाले सरदर १० देखि दुई सय ५० घारसम्म माहुरी पालेका छन्।

मौरीपालन ‘ब्लक’ क्षेत्र समेत घोषणा गरिएको शिवसताक्षी-११ भित्र मात्र झन्डै तीन सयभन्दा बढी महिलाले व्यावसायिक रूपमा नै मौरीपालन गर्दै आएको र यसबाट वार्षिक ६० टनभन्दा बढी मह उत्पादन हुँदै आएको छ। रासस

प्रकाशित: २१ फाल्गुन २०७९ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App