६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बचतकर्ताको फसेको रकम फिर्ता गर्ने अध्यक्ष अर्यालको प्रतिबद्धता

१२ करोडको अनियमितता भएपछि ढाई वर्षदेखि बन्द रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समति गठन गरिएको छ। अदालतको आदेश पछि सरदमुकाम तौलिहवामा गरिएको विशेष साधारण सभाले राजुप्रसाद अर्यालको अध्यक्षतामा नौ सदस्यीय सञ्चालन समिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा निरुपमा जयसवाल सचविमा सन्तोषकुमार श्रीवास्तव, कोषाध्यक्षमा शिवकान्त गुप्ता रहेका छन्। यस्तै सदस्यहरुमा शत्रुघन विलास सिंह, आशा गिरी, टंकप्रसाद आचार्य, श्रीराम माली, कोमल विलास सिंह छन्। त्यस्तै रबिन्द्रनाथ ठाकुरको संयाजकत्वमा ३ सदस्यीय लेखा समिति समते गठन गरिएको छ।

लेखा समितिको सदस्यहरुमा कृष्णकुमार मिश्रा र टीका न्यौपाने बेल्वासे रहेका छन्। विशेष साधारण सभामा अदालतको तहसिलदार गोकर्ण लम्साल, पीडीत बचतकर्ताको तर्फबाट शत्रुघन विलास चौधरी कपिलवस्तु नगरपालिका सहकारी हेर्ने कर्मचारी नारायण रेगमी तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका प्रतिनिधि छत्र प्रसाद धमलाको सहभागीता थियो।

अदालतमा २०७६ पुस १२ गते  सहकारी समिति र कर्मचारीहरु गरी ५३ जनाविरुद्ध संगठित रुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिना ठगी गरेको तथा संगठित अपराध मुद्दा चलेको थियो। खसो मुद्दामा ४५ जनाले सफाई पाई सकेका छन्।

अदालतले नै १५ दिने भित्र विशेष साधारण सभा बोलाइ नयाँ सञ्चालक समिति गठन गर्न निर्देशन दिएको थियो। नयाँ सञ्चालन समितिलाई सहकारीको हालसम्म बचत, लगानी गरको ऋण, ठगी भएको वास्तविक रकमको बिगो लगायतका कुराहरु पत्ता लगाई अदालतमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको तहसिलदार लम्सालले बताए।

उता नव निर्वाचित अध्यक्ष अर्यालले १२ करोड बढी अपचलन भइ बन्द रहेको सहकारीलाई पुनः सञ्चालन गर्नु निकै चुनौतीको कुरा भएको बताए। उनले आफूले सकारीमा वास्तविक कति रकम हिनामिना भएको र बचतकर्ताहरुको बचत रकम समेत फिर्ता गर्ने गर्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित: १५ वैशाख २०७९ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App