६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कसुरदार ठहरिएका ५ जनालाई जेल सजाय

तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड हिनामिना भएको मुद्दामा कसुरदार ठहरिएका ५ जनालाई नै जेल सजाय तोकिएको छ। गत फागुन १२ गते अदालतद्वारा कसुरदार ठहराइएका ३ जनालाई ५ वर्ष र २ जनालाई ३ वर्ष कैद सजाय तोकिएको हो।

अदालतका न्यायधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले सहकारीका कर्मचारी राजेशकुमार कान्दु, कार्यकारी निर्देशक निलाफ चन्ददेव पाण्डेय र व्यवस्थापक अभिनाश देव पाण्डेयलाई जनही ५ वर्ष कैदको फैसला भएको अदालतका इजलास अधिकृत लक्ष्मण पंथीले जानकारी दिए।

यस्तै सहकारीको बचत संकलनकर्ता श्रवणकुमार गुप्ता र सुन्दरकेशव गुप्तालाई जनही ३ वर्ष कैद सजाय तोकिएको छ। सहकारी ऐन २०७४ को दफा १२४ (१) ङ बमोजिम उनीहरुलाई कैद सजाय तोकिएको हो। गत फागुन ११ गते न्यायधीश सापकोटाको इजलासले ५ जनालाई कसुरदार ठहराएको थियो।

अदालतमा २०७६ पुस १२ गते  सहकारी समिति र कर्मचारीहरु गरी ५३ जनाविरुद्ध संगठीतरुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिन ठगी गरेको तथा संगठीत अपराध मुद्दा चलेको थियो। २ वर्षदेखि चलेको तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड अपचलन भएको मुद्दामा ५ जना कसुरदार ठहरिएका थिए।

अदालतले ३ जना कर्मचारी र २ जना बचत संकलकर्तालाई कसुदार ठहराएको थियो। सो मुद्दामा ४५ जनाले भने सफाइ पाएको अदालतका श्रेस्तेदार सुमन पाण्डेयले बताए। अदालतमा २०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरु गरी ५३ जनाविरुद्ध संगठित रुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिन ठगी गरेको तथा संगठित अपराध मुद्दा चलेको थियो।

त्यसमध्ये ४५ जनाले सफाइ पाइसकेका छन्। फैसला कार्यान्वयनकाका लागि अदातलका तहसिलदार, कपिलवस्तु नगरपालिका सहकारी संस्था हर्ने अधिकारी र बचतकर्ता तर्फबाट संयोजक बनेका शत्रुघनशरण चौधरीले १५/१५ दिन भित्र सहकारीको सुपरिवेक्षण गर्ने फैसला गरिएको थियो। यस्तै मुद्दा चल्नु पूर्व रहेका समित र लेखा समितिलाई एक हप्ता भित्र विशेष साधारण सभा बोलाउन निर्देशन गरिएको थियो। समितिलाई अदालतले विभिन्न १५ वटा कार्य गर्ने जिम्मेवारी दिएको थियो।

प्रकाशित: १५ वैशाख २०७९ ०६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App