देशभर फैलियो मनसुन, काठमाडौंसहित ४० भन्दा बढी जिल्लामा बाढीको जोखिम
अहिले देशभरजसो हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
अहिले देशभरजसो हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
आइतबार बिहान लेन्दी खोलामा आएको बाढीले तीनवटा सवारीसाधन बगाएको छ। रसुवागढी नाकानजिकै निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माणका लागि प्रयोग गरिएको टिपर, जेसिबी र लोडर बगाएको हो।
संखुवासभा जिल्लाको मकालु गाँउपालिकाको वडा नं २ र ५ को सिमानामा ५ सय मिटरमाथिबाट पहिरो खस्दा अरुण नदिको केहि भाग थुनिएको छ । आइताबार बिहान करिब साडे ९ बजेतिर गएको पहिरोले नदीमा करीब तीन सय मिटर पानी जमेर ड्याम बनेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए । पहिरोका कारण उच्च जोखिममा परेका प्रकाश राईको ७ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले पनि शनिबार सूचना जारी गर्दै आगामी तीन दिन देशका प्रमुख तथा मझौला नदीमा बहाब सामान्य बढ्दो क्रममा हुने जानकारी दिएको छ।
कोरोना भाइरसको कहर चलिरहेकै बेला राप्ती नदीमा पानीको सतह बढिरहेको थियो । शनिबार बेलुकी ७ बजेतिर कुसुमस्थित बाढी मापन केन्द्रमा गरिएको मापन अनुसार नदीको सतह ५ मिटर ९० सेन्टिमिटर पुगिसकेको थियो ।
अविरल वर्षाको कारण आएको पहिरोले पासाङ ल्हामु मार्ग र मैलुङ स्याफ्रुबेसी सडक अवरुद्ध भएको छ। आइतबार राति भएको वर्षाको कारण पासाङ ल्हामु मार्गको रसुवा खण्ड अन्तर्गत राम्चे र स्याउबारीमा र शनिबार राति भएको वर्षाको कारण स्याफ्रु रसुवागढी सडक खण्डको कुलुङमा पहिरो गएको छ।
आइतबार बिहान लेन्दी खोलामा आएको बाढीले तीनवटा सवारी साधन बगाएको छ। रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माणका लागि प्रयोग गरिएको टिप्पर, जेसिबी र लोडर बगाएको हो।
असारको पहिलो हप्तामै रौतहटका खोलाहरुमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेर बाढीको सम्भावना देखाएपछि नदी किनारका बासिन्दाहरुमा त्रासको वातावरण देखिएको छ ।
अविरल बर्षाका कारण राप्ती नदीमा बाढी आएको छ । राप्ती नदीको कुुसुमस्थित बाढी मापन केन्द्रमा गरिएको मापन अनुसार नदीको सतह खतराको चिन्ह भन्दा माथि पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै प्रदेश १, २ र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
सोमालियामा व्यापक वर्षापछि नदीहरूमा आएको बाढी किनार क्षेत्रका वस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको राष्ट्रसंघीय मानव सहायता संस्था ‘ओसीएचए’ ले शुक्रबार जानकारी गराएको छ।
बाढीले कटान गरेको तथा सवारी साधनले बिगारेको बागमती र लालबकैया नदीको तटबन्धको मरम्मत गरिने बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरका प्रमुख राजकुमार श्रीवास्तवले बताएका छन् । सम्भव
फाकफोकथुम गाउँपालिका २ र ३ को बीचमा पर्ने फाकफोक खोलामा अचानक आएको बाढीले १ बालकसहित जलाउँदै गरेको शव नै बगाएको छ । स्थानीय ४० वर्षे रामबहादुर लकान्द्रीको शव जलाउँदै गर्दा आएको बाढीले शवसहित १२ वर्षे बालक मनोज लिम्बूलाई बगाएको प्रहरीले जनाएको छ ।
जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–७ बाँधुमा मङ्गलबार बिहानको अविरल वर्षाका कारण आएको हाउडी खोलाको बाढीले बगाएर तीन परिवारका १०० भन्दा बढी बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
कोरोना संक्रमणका कारण भइरहेको लकडाउनले मजदुरी गर्न नपाएर खाद्य संकट भोगिरहेका सुर्खेत पश्चिमका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ। २०७१ सालको बाढीले सबैभन्दा धेरै मानवीय क्षति व्यहोरेको पञ्चपुरी नगरपालिकाको तिखाकुना र डोप्काका बाढी पीडितहरुलाई खाद्यान्न सहयोग गरिएको हो।