बाढीपीडितले पाए खाद्यान्न
पाँच वर्षअघिको बाढीले लेखपराजुलकी कमला सुनारको घर बगायो। त्यसयता उनी रत्नराजमार्ग छेउको हटारुखोलामा बस्छिन्। नजिकैको छिन्चु खोलामा गिट्टी कुटेर चार जनाको परिवार पाल्ने कमला कोरोना भाइरसका कारण भइरहेको लकडाउनको मारमा छिन्।
पाँच वर्षअघिको बाढीले लेखपराजुलकी कमला सुनारको घर बगायो। त्यसयता उनी रत्नराजमार्ग छेउको हटारुखोलामा बस्छिन्। नजिकैको छिन्चु खोलामा गिट्टी कुटेर चार जनाको परिवार पाल्ने कमला कोरोना भाइरसका कारण भइरहेको लकडाउनको मारमा छिन्।
लकडाउनका कारण खाद्य संकट भोगिरहेका सुर्खेतका बाढी पीडितहरुका लागि सहयोग संकलन सुरु भएको छ। २०७१ सालको बाढीले घरबारविहिन भएका करिब एक हजार सात सय परिवार विभिन्न अस्थायी शिविरहरुमा बसिरहेका छन्।
प्यारालाइसिसले थलिएको शरिर। त्यसमाथि दुईटै खुट्टा काटिएको दुई वर्ष भयो। बोली राम्रोसँग फुट्दैन। बाहिर–भित्र गर्न मात्रै होइन, खानका लागि पनि सहारा चाहिन्छ। वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र पुग्दा च्यातिएको पालमुनि ५३ वर्षीय नरबहादुर रोकाका आँखाभरी आँसु थिए। उनले पेटभरी खान नपाएको दुई दिन भयो। यस्तोमा दैनिक खानुपर्ने औषधि कहाँबाट पाउनु?
वीरेन्द्रनगर नगरपालिकास्थित महिला प्रशिक्षण केन्द्रको खाली जग्गामा सानो त्रिपालले ढाकेर झुपडी बनाएका छन्, वीरबहादुर नेपालीले। ६ वर्षदेखि त्यही झुप्रोमा ६ जनाको परिवार बस्दै आएको छ। यहाँ बस्नु रहर होइन, २०७१ साउन २८ र २९ गते आएको बाढीले घरबार र जग्गा जमिन बगाएपछिको यस्तो बाध्यता आइलाग्यो उनलाई।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा आश्रय लिइरहेका बाढीपीडितलाई शिविर खाली गराउन निर्देशन दिएको छ।
इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढीपहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।
पानीको सतह बढ्न थालेपछि केही मानिसले उद्धारकर्मीलाई कुर्दै घरको छतमा बसेर रात कटाएका थिए।
३ बजेर पनि अगाडि गइसकेको समयलाई पछ्याउँदै हामी फर्कियौँ। बाटोभरि चौफेरी र होलियाका उत्साह र स्वप्नविहीन उदास आँखाहरूले पछ्याइरहे। सोचेँ, राज्यका लागि यी उदास मानिसहरू पाँच वर्षमा एकपटक सम्झँदा पुग्ने केवल भोट मात्र हुन्।
कर्णाली प्रदेशका वन उद्योग तथा पर्यटन मन्त्री नन्दसिं बुढा सांसदद्वय वीरबहादुर शाही र बदमीक्वारी बुढा तामझामका साथ नेपाली सेनाको हेलिकप्टरमा २०७६ असार ३१ मा कालिका पुगे। आफ्नै जिल्लाका मन्त्रीसहित दुई सासंद गाउँमा पुगेपछि डोल्पा मुड्केचुला गाउँपालिका १ का कौसिला खोला बाढीपिडित उचित राहत पाउनेमा ढुक्क भए।
अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढीबाट अरु ४७ जना घाइते भएका छन्।
सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा हालैका केही हप्तायताको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएको बताइएको छ। यहाँ गएको अक्टोबर महिनाभरमा आएको बाढीबाट २ लाख ७० हजार भन्दा बढी नागरिक विस्थापित भएका उक्त समाचारमा जनाइएको छ।
म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन्।
गएको साउन ३२ गते परेको अविरल वर्षाका कारण गमगगाढ खोलामा आएको बाढी पीडितलाई कात्तिकमा राहत वितरण गरिएको छ। बाढी पीडीतलाई करिब चार महिनापछि बुधवार छायानाथ रारा नगरपालिकाले राहत वितरण गरेको हो।
दक्षिणी सुुडानमा आएको भिषण बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित हुनुपरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा अकस्मात रुपमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित हुनुपरेको बताइएको हो । नाइल नदीको किनारातिर रहेको बस्तीका नागरिक बढी प्रभावित भएको सुरक्षाअधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुमध्ये कतिपयलाई सुरक्षित स्थान खोजेर सारिएको छ भने अधिकांश आफै भागेर सो क्षेत्रमा पुगेका छन् ।
ठूलो वर्षाका कारण आएको बाढीमा परी भारतका बिहार र उत्तर प्रदेश राज्यमा एक सय १३ जना भन्दा बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।