बिहारमा बाढीका कारण जताततै डुबान, २९ जनाको ज्यान गयो
भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ।
भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ।
भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन्। देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो।
बाढीले बगाएको १४ बर्षपछि बगरमा खेतीपाती गर्न थालिएको छ। २०६४ को बाढीले तीन सय ६४ परिवारको हजारौ रोपनी जमिन छिन भरमै बगर बनाएको थियो। खोलामा तटबन्धको काम शुरु भए पछि बाढीले विस्थापित स्थानीयहरुले बगरमा फर्केर खेतीपाती गर्न शुरु गरेका छन्।
म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र ६ बर्षिया अनिस्का परियार छन्।
बाँकेमा वर्षापछि भएको डुबानका कारण खजुरा गाउँपालिकाका ६४ घरपरिवार विस्थापित भएका छन्।
थाइल्यान्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दाबढी मानिस बाढीका कारण विभिन्न ठाउँमा फसिरहेको जनाएको छ। विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० हजार ६ सय २० जना बाढीका कारण उत्तरपूर्वी प्रदेशहरुमा फसेका छन्।
थाइल्याण्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दा बढी पीडितहरू बाढीका कारण विभिन्न ठाउँमा बसेको जनाएको छ।
गत रातिदेखिको अविरल वर्षाका कारण हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका ५ सयभन्दा बढी घरपरिवार समस्यामा परेका छन्।
सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । बिहीबार बेलुका अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प भएको हो ।
राजपाका अध्यक्ष मण्डलका संयोजक एवं सांसद अनिल कुमार झाले विपद व्यवस्थापन प्राधिकरण गठन गर्न माग गरेका छन्।
निर्माणाधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारीमा बाढी तगारो बनेको छ। गत असारको अन्तिम साता आएको बाढीले रेल लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्काल सञ्चालनमा समस्या भएको हो।
सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा१९च ४३९० नंको कार गए राति ११ः३० बजेको समयमा सुन्द्रावतीखोला तर्ने क्रममा आएको बाढीले बगाएको थियो।
विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको छ। नवलपरासीको पूर्व नवलपुर पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको विद्यालयले जनाएको छ
अविरल वर्षा शनिबार राति परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा आएको भलबाढीले घरमा क्षति तथा जनजीवन प्रभावित बनाएको छ। इलाका प्रहरी कार्यालय खरानीटारका अनुसार अविरल वर्षाले तादी गाउँपालिका–२ को कोषगाढेखोला र वडा नं ४ को घट्टेखोलामा आएको बाढीले स्थानीय दुई परिवारको घर लडाएको छ भने कुटानीपिसानी गर्ने मिल बगाएको छ।
२०७१ सालमा सुर्खेतको बराहताल गाउँपालिका, पञ्चपुरी, वीरेन्द्रनगर र भेरीगंगा नगरक्षेत्रमा गएको बाढीपहिरोबाट विस्थापित एक हजार ४५ घरपरिवार अहिले पनि त्रिपालमुनि बस्न बाध्य छन्।