२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बाढीले क्षति

नुवाकोट -  शनिबार राति परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा आएको भलबाढीले घरमा क्षति तथा जनजीवन प्रभावित बनाएको छ। इलाका प्रहरी कार्यालय खरानीटारका अनुसार अविरल वर्षाले तादी गाउँपालिका–२ को कोषगाढेखोला र वडा नं ४ को घट्टेखोलामा आएको बाढीले स्थानीय दुई परिवारको घर लडाएको छ भने कुटानीपिसानी गर्ने मिल बगाएको छ।

केही स्थानमा पशुचौपायासमेत बगाएको छ। पहिरोले वडा नं २ को रालुकामा छ घर जोखिममा परेका छन्। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश महतोका अनुसार वडा नं २ का श्यामबहादुर थापाको घर पहिरोले पुरिएको छ भने उहाँको गोठ कोषगाढे खोलामा आएको बाढीले बगाएको छ।

सोही स्थानका सोमनाथ सापकोटाको घर र उहाँले सञ्चालन गर्दै आएको कुटानीपिसानी गर्ने मिल बगाएको छ भने एउटा गाईसहित गोठ नै बगाएको छ। बाढीको कटानका कारण स्थानीय हरि थापा, कृष्ण थापा, वासु थापा, शिशिर उप्रेती, शिव दाहाल, कुमार शिवभक्ति, गोविन्दलाल पण्डित, कृष्णप्रसाद लामिछाने, सुराम तामाङ, मछिन्द्र तामाङ, सुमन थापालगायत किसानले धान लगाएको सयौँ रोपनी जग्गाको धानबालीमा क्षति पुगेको छ। धानखेत हुँदै अहिले खोला बगिरहेको छ।

बाढीले वडा नं २ र ४ जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ भने तादी गापाबाट दुप्चेश्वर गापा जाने खरानीटार–समुन्द्रटार सडक खण्डको पक्की पुलमा समेत क्षति पु¥याएको  छ। पुलको पर्खाल बगाउँदा यातायात सञ्चालन प्रभावित भएको सोही स्थानका बासिन्दासमेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो।

प्रकाशित: १५ भाद्र २०७६ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App