५ वैशाख २०८१ बुधबार
शिक्षा

विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध

नवलपरासी–विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको छ। नवलपरासीको पूर्व नवलपुर पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको विद्यालयले जनाएको छ।

आइतबार बिहान ३ बजे अविरल वर्षापछि गोवन्दीखोलाको बाढी पसेर विद्यालयमा क्षति पु¥याएकाले र पठनपाठन समेत अवरुद्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर डिस्वाले जानकारी दिए। उक्त खोलाको बाढी पसेर विद्यालयको चार वटा कोठामा क्षति पु-याएको हो ।

विद्यालयको प्राङ्गणका साथै कक्षा १ देखि ४ सम्मका कोठा पूरै हिलो, गिट्टी, बालुवाले तीन फिटसम्म पुरेकोे उनले जानकारी दिए । उक्त विद्यालयमा करीब तीन सय विद्यार्थीले अध्ययनरत छन्।अविरल वर्षापछि खसेको पहिरोका कारण बुलिङटार सडक पनि अवरुद्ध भएको बुलिङटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुबोध सापकोटाले बताए।

पोखरीदेखि बुलिङटारसम्म जाने सडकको बिभिन्न स्थानमा पहिरोले बाटो अवरुद्ध भएकाले  सवारीसाधान  चल्न सकेका छैनन्। अर्खला, तल्लो अर्खलालगायत स्थानमा पहिराले राजमार्ग अवरुद्ध बनाएकाले र पहाडी क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ। रासस

प्रकाशित: १५ भाद्र २०७६ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App