२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बाढीले बगाएर १०० बाख्रा र चार गोरु मरे

मार्तडी  - जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–७ बाँधुमा मङ्गलबार बिहानको अविरल वर्षाका कारण आएको हाउडी खोलाको बाढीले बगाएर तीन परिवारका १०० भन्दा बढी बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

सोही गाउँपालिकाको–७ बाँधुको हाउडी खोला नजिकै पालमुनि राखिएका बाख्रामध्ये ४० बाख्रा मृत अवस्थामा भेटिएको र ७० बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए। उनका अनुसार सोही वडाका स्थानीय विष्णुप्रसाद तिमिल्नसेनाकोमा ३८ वटा, दत्त तिमिल्सेनाका १६ वटा, धनलाल तिमिल्सेनाका ४० वटा र महेन्द्र कार्कीका २० बाख्रा बाढीले बगाएको थियो। 

मङ्गलबार बिहान अविरल वर्षासँगै आएको बाढीले  महेन्द्र कार्कीका २० र दत्त तिमिल्सेनाका १२ वटा बाख्रा घाइते भएका छन्। बाख्रा हेर्न पालमा बसेका ३८ वर्षीय दत्त तिमिल्सेना र ४० वर्षीय महेन्द्र कार्कीसमेत घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते भएका दुवैलाई बाँधु स्वास्थ्य चौकीमा सामान्य उपचारपछि  घर फर्काइएको छ। यस्तै सोही गाउँँपालिका–६ धीममा रहेको छेउखिउने खोलाबाट आएको बाढीले सोही वडाका स्थानीय मेघराज पाण्डेय र विष्णुचन्द्र जोशीको चार गोरु बगाएर प्रहरीको भनाइ छ।  रासस

प्रकाशित: ३ वैशाख २०७७ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App