३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

पहिरोका कारण पासाङ ल्हामु मार्ग र मैलुङ स्याफ्रुबेसी सडक अवरुद्ध

अविरल वर्षाको कारण आएको पहिरोले पासाङ ल्हामु मार्ग र मैलुङ स्याफ्रुबेसी सडक अवरुद्ध भएको छ।  आइतबार राति भएको वर्षाको कारण पासाङ ल्हामु मार्गको रसुवा खण्ड अन्तर्गत राम्चे र स्याउबारीमा र शनिबार राति भएको वर्षाको कारण स्याफ्रु रसुवागढी सडक खण्डको कुलुङमा पहिरो गएको छ।  

मैलुङ–स्याफ्रुबेसी सडक खण्ड बुधबारदेखि नै अवरुद्ध छ। यो सडक खण्डको सोलेखोलामा ठूलो ढुंगा झरेको र उक्त ढुंगा ब्लाष्टिङ गरेर मात्र खुलाउन सकिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। उनका अनुसार अवरुद्ध सडकहरू खुलाउनका लागि काम अघि बढेको छ।  

स्याफ्रुबेसी–रसुवागढी सडक खण्डअन्तर्गत पर्ने कुलुङ खोला क्षेत्रमा शनिबार दिनभर प्रयास गरेपनि उक्त क्षेत्रमा अझै सडक खुलाउन नसकिएको उनले बताए। रसुवागढी जलविद्युत् आयोजनाले फेलुङ खोलादेखि माथि सडक खुलाउने कार्य गरेको थियो। लोडरको टायरमा क्षति भएपछि सडक खुलाउने प्रयास आयोजनाले जनाएको छ। फेलुङखोलादेखि तल रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाले काम गर्नुपर्ने भएपनि शनिबार काम नगर्दा समस्या सिर्जना भएको हो। 

प्रकाशित: ७ असार २०७७ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App