१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

मुलपानीमा डुबेर एक युवकको ज्यान गयो

प्रहरीका अनुसार चार/पाँच साथीहरुसँग नुहाउन गएका उपाध्याय चार बजेतिर नुहाउने क्रममा पानीमा डुबेर बेहोश भएका थिए। उनलाई साथीहरुले नै उपचारका लागि टीकापुर अस्पताल पुर्‍याएका थिए। साढे चार बजे टीकापुर अस्पताल पुर्‍याएका उपाध्यायलाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

पञ्चमी व्रतः नुहाउँने क्रममा डुबेर एक बालिकाकाे मृत्यु, तीन जनाको उद्धार

नुहाउँन जादा चार जना डुबेकोमा तत्काल तीन जना उद्धार गरिएको थियो। उद्धार गरिएका मध्ये बराहक्षेत्र वडा नं. ३ कै ३६ वर्षे शोभा खड्काको धरानको विजयपुर हस्पिटलमा उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।

मानव बेचबिखन आरोपमा तीन जना पक्राउ

प्रहरीका अनुसार उनीहरूले दुबै बालिकाहरूलाई घरबाट ललाई फकाई भारतको दिल्लीतर्फ बेचबिखन गर्ने उद्देश्यले लगि रहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

भीरबाट लडेर उदयपुरमा एक पुरुषको मृत्यु

रातिको समय भएकाले गोदामबाट घर फर्कने क्रममा बाटोबाट खसेर झण्डै २ सय मिटर तल खस्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उदृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।

पसल फोडी सामान चोरी गर्ने पक्राउ

पसलको भवन फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन्। बर्दिबास–१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपका सामान चोरी गर्ने बर्दिबास–१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय शनि महतो पक्राउ परेका हुन्।

ठगीमा संलग्न महिला पक्राउ

‘अझै धेरै व्यक्तिबाट पैसा असुलेको हुनसक्छ’ उनले भने–‘हामी अनुसन्धानको क्रममा छौं।’ ‘हामीलाई यो गिरोह नै हो भन्ने लागेको छ’ प्रहरी नायब उपरीक्षक शाहीले भने–‘हामी जरैसम्म पुग्ने प्रयास गरिरहेका छौं।’

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

मृत्यु हुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ। एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

धनुषाको पूर्वी क्षेत्रका गाउँगाउँमा साइकल गस्ती

'नागरिकका समस्यालाई नजिकबाट देख्न र सुन्न साइकल गस्ती सुरु गरेका छौँ, प्रहरी निरीक्षक हरिविष्णु ढकालले भने, 'यसले गर्दा दूरदराजमा प्रहरीको उपस्थिति बढ्नुका साथै जनताले शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छन्।'

प्रहरी हिरासतबाट फरार अभियुक्त पुनः पक्राउ

बाँके खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुलखाँलाई प्रहरीले पक्राउ गरेको छ। खाँलाई जबरजस्ती करणी आरोपमा प्रहरीले गत असार २३ गते पक्राउ गरी म्याद थप गरी अनुसन्धान कै क्रममा हिरासतमा राखेको थियो।

लागूपदार्थ ओसारपसारमा महिला

‘मोबाइलमार्फत् कुरा हुन्थ्यो। आउथे पैसा बुझाएर सामान लैजान्थे’ उनले प्रहरीसँगको बयानमा भनिन्, ‘त्यो भन्दा धेरै चिनजान भएन।’

लाखे जात्रामा पैसा माग्दा कुटपिट, ३ जना घाइते

मेला आयोजकले एक सय रुपैँया मागेको र कार्यालय तर्फ फर्किएका दुई कर्मचारीले २० रुपैँया दिएपछि आपसी विवाद हुँदा कुटाकुट भएको हो। दुई कर्मचारीसहित एक मेला आयोजक घाइते भएका हुन्। विद्युत कार्यालय दुल्लु फिउज सेवामा कार्यरक्त कर्मचारी कृष्ण भण्डारी र आशिष रावल घाइते भएका छन्।

नुहाउने क्रममा बालकको ज्यान गयो

उनी साथीहरुसँग स्थानीय जमरा कुलोमा नुहाउने क्रममा दिउसो १२ बजे डुबेर बेपत्ता भएका थिए। उनलाई प्रहरी र स्थानीयले करिब १ घण्टापछि पानीमा डुबेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए।

‘अनर किलिङ्ग’ दोहोरिँदै युवतीको शवको अवशेष प्रहरीद्वारा बरामद

‘शव एकदमै जलिसकेको हुनाले केही अंश मात्र संकलन हुन पाएको छ, प्रारम्भीक रुपमा हामीले नारायणी अस्पतालमा पोस्टमार्टमको लागि पठाएका छौं,’ प्रहरी नायब उपरीक्षक कार्कीले नागरिकलाई भने, ‘चिकित्सकहरुले यहाँ जाँच हुन नसक्ने भनेपछि थप परीक्षणका लागि काठमाडौँ पठाउने हो।’

हिरासतमै महिलामाथि बलात्कारको प्रयास

‘हामीले पीडित भनिएकी महिलाको कुरा पनि सुनिऔँ,’ उनले भने, ‘यौन दुर्व्यवहारको आरोप लागेका असइ चौलागाईंलाई पनि नियन्त्रणमा लिएका छौँ।’

प्रहरी हिरासतबाट आरोपित फरार

‘फरार अभियुक्तखाँलाई खोज्न फिल्डमा प्रहरी खटिएको छ।’ हिरासतबाट अभियुक्त कसरी फरार भएको छानविन भइरहेको छ’ डिएसपी सुवेदीले भने, ‘छानविनपछि डिउटीमा लापरवाहीगर्ने प्रहरीलाई विभागिय कारबाही हुनेछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्