२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मुलपानीमा डुबेर एक युवकको ज्यान गयो

फाइल तस्बिर।

टीकापुर नगरपालिका– २ जनशक्ति सामुदायिक वनस्थित मुलपानीमा नुहाउने क्रममा आज एक युवकको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार ज्यान जानेमा जानकी गाउँपालिका–८ पहाडीपुरका दण्डप्रसाद उपाध्यायका २० वर्षका छोरा पुष्पराज उपाध्याय रहेका छन्।

प्रहरीका अनुसार चार/पाँच साथीहरुसँग नुहाउन गएका उपाध्याय चार बजेतिर नुहाउने क्रममा पानीमा डुबेर बेहोश भएका थिए। उनलाई साथीहरुले नै उपचारका लागि टीकापुर अस्पताल पुर्‍याएका थिए। साढे चार बजे टीकापुर अस्पताल पुर्‍याएका उपाध्यायलाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाका सम्बन्धमा मृतक सँगै नुहाउन गएका व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ। इलाका प्रहरी कार्यालय टीकापुर प्रमुख डिएसपी हेमबहादुर शाहीले घटनाका बारेमा थप अनुसन्धान भैरहेको जानकारी दिए।

प्रकाशित: १८ भाद्र २०७९ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App