४ वैशाख २०८१ मंगलबार

विवाहित छोरीले माइतीसँग बह बिसाउने ‘पुतला खेल’

विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि यहाँ सुरु भएको छ।

प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनतालाई सास्ती

स्थानीय र प्रदेश सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको नागरिकले गुनासो गरेका छन्।

लालपुर्जा पाइने भएपछि खुसी छन् स्थानीय

कैलालीको टीकापुर नगरपालिका ६ का निसादविक्रम बम ६० वर्षदेखि एक बिघा ६ कट्ठा ऐलानी जग्गा भोगचलन गर्दै आएका छन्।जग्गा भएर पनि सुकुम्वासीको जस्तो जीवन बिताउन बाध्य निसाद यतिबेला भने खुसी छन्।

प्रमुख प्रशासकीयले कार्यपालिका बैठकको निर्णय उल्ट्याए

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले कार्यपालिकाको निर्णय उल्ट्याइ दिएका छन। उनले २०८० जेठ २० गतेको १६ औं कार्यपालिका बैठकले गरेको निर्णय उल्ट्याएका हुन।

दुई वर्षमै दन्त चिकित्सालय बन्द, ४५ जनाले मात्रै पाए उपचार

टीकापुरस्थित रेडक्रस सोसाईटीद्वारा सञ्चालित दन्त चिकित्सालयमा गरेको लगानी बालुवामा पानी जस्तै भएको छ। चिकित्सालयमा झण्डै दुई वर्षको अवधिमा करिव ४५ जनाले मात्रै उपचार सेवा लिएका छन्।

दलित महिला सदस्य भन्छन्: अझै समाजमा छुवाछूत गरिन्छ

टीकापुर नगरपालिकाका–३ का वडा सदस्य कमलादेवी विश्वकर्माले समाजमा जातकै कारण हुने छुवाछूत कायम रहेको बताएकी छन।

बारीमा सड्यो तरकारी

टीकापुर नगरपालिका–८ वनगाउँका श्यामलाल चौधरीको बारीमा बन्दा गोभी सड्न थालेको छ। करिब आठ कठ्ठा जमिनमा लगाएको बन्दा गोभी किनिदिने कोही छैन।

उत्पादन किसानको, मूल्य निर्धारण सरकारको

‘हामीले बेचिसके पछि मात्रै सरकारले मूल्य तोक्छ’ उनले भने–‘यो व्यापारीलाई मोटाउने काम मात्रै हो।’

आफ्नै बसबाट खसेर बस मालिकको मृत्यु

उनी सोही बसका मालिक हुन्। प्रहरीका अनुसार मृतक देवकोटा खड्गचोकमा यात्रु चढाउन रोक्ने क्रममा बसको ढोकाबाट खसेका थिए। उनी बसको ढोकाबाट खसेर पछाडीको चक्कामा च्यापिएको प्रहरीले जानकारी दिएको छ।

‘उज्यालो टीकापुर’ अभियान सुरु

‘उज्यालो टीकापुर’ कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरुमा सडक बत्ती जडान गरिरहेका छौं’ उनले भने ‘प्रविधियुक्त सडक बत्ती जडान गरिएकाले नगर उज्यालो हुँदै गएको छ।’

स्मार्ट सिटी तीन वर्षसम्म अधुरै

स्मार्ट सिटीअन्तर्गत टीकापुर नगरपालिका ‘ब्लक ए’ को स्तरोन्नति तीन वर्षसम्म सम्पन्न हुन सकेन। डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि काम सुरु भए पनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो।

तीन वर्षसम्म सम्पन्न हुन सकेन ब्लक 'ए' स्तरोन्नतीको काम

डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि काम सुरु भएपनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो।

टीकापुरमा रगत अभाव, बिरामी समस्यामा

‘अहिले भइरहेको मागका आधारमा अझै ३० प्रतिशत कम देखिन्छ’ उनले भने ‘दैनिक जसो ६/७ पिन्ट रगतको माग छ भने दिने मान्छे मुश्किलले २/३ जना मात्रै हुन्छन्।’

जथाभावी रोक्ने बसलाई कारबाही गरिने

‘जथाभावी पार्किङ हुँदा सडक नै अवरुद्ध हुने गरेको पाइयो’ उनले भने ‘ट्राफिक व्यवस्थापनका लागि समेत तोकिएको निश्चित स्थानमा मात्रै गाडी रोक्न आजैदेखि लागु हुने गरी सहमति गरेका छौं।’ ‘हामीले जुन प्रावधानका लागि संरचना बनाएका छौं, त्यसैको प्रयोग गर्नुपर्छ, बसपार्क बनेको छ, सिटी बसपार्क छ’ उनले भने ‘बस जथाभावी सडकमा रोक्नु त राम्रो भएन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्