लक्जरी स्यानिटरीवेयर तथा बाथरूम समाधानको अग्रणी ब्रान्ड CERA ले नेपालमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउँदै नयाँ ‘CERA स्टाइल ग्यालरी’ र ‘CERA स्टाइल हब’ को भव्य उद्घाटन गरेको छ।
ललितपुरस्थित Explorer Enterprises & Construction Pvt. Ltd. र काठमाडौंस्थित Cera Nepal Trading House Pvt. Ltd. मा ‘CERA स्टाइल ग्यालरी’ तथा काठमाडौंस्थित Subha Shakti Business Pvt. Ltd., वीरगञ्जस्थित Jay Nepal Sanitary, र भैरहवास्थित Chaitanya Engineering and Trade Pvt. Ltd. मा ‘CERA स्टाइल हब’ सञ्चालनमा ल्याइएको हो।
उद्घाटन समारोहमा CERA का प्रेसिडेन्ट–सेल्स सन्दीप अब्राहमको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा कम्पनीका पदाधिकारीहरू, प्रतिष्ठित आर्किटेक्टहरू, डेभलपरहरू तथा च्यानल साझेदारहरूको उपस्थिति रहेको थियो।
यी नयाँ शोरूमहरूले Cera Luxe सहित CERA का लोकप्रिय उत्पादनहरूलाई एउटै छानामुनि प्रस्तुत गर्दै उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेका छन्। आधुनिक र परिष्कृत डिजाइनमा तयार गरिएका यी स्पेसहरूले ग्राहकलाई केवल अवलोकन मात्र होइन, आफ्ना बाथरूमका कल्पनाहरूलाई साकार पार्न प्रेरित गर्ने वातावरण सिर्जना गर्छन्।
यस पहलले काठमाडौं, पोखरा, नारायणगढ, वीरगञ्ज, जनकपुर, विराटनगर, धनगढी, घोराही, नेपालगञ्ज लगायतका प्रमुख शहरहरूमा CERA को उपस्थिति थप मजबुत बनाएको छ।
CERA की उपाध्यक्ष तथा संयुक्त प्रबन्ध निर्देशक दीप्तिशिखा खेतानले भनिन् “स्टाइल ग्यालरी र स्टाइल हबमार्फत हामीले आर्किटेक्ट, इन्टेरियर डिजाइनर र ग्राहकहरूलाई केवल उत्पादन हेर्ने होइन, कल्पना गर्ने र सिर्जना गर्ने स्पेस प्रदान गर्ने लक्ष्य राखेका छौं। यसले उत्कृष्ट डिजाइन, उच्च गुणस्तरको निर्माण र नवप्रवर्तनलाई एउटै स्थानमा समेट्दै आधुनिक बाथरूमका लागि नयाँ मापदण्ड स्थापित गर्छ।”
CERA बारे:
सन् १९८० मा स्थापित CERA ले गुजरातको काडीमा अत्याधुनिक उत्पादन केन्द्र सञ्चालन गर्दै आएको छ। यहाँ 3D प्रिन्टिङ, रोबोटिक ग्लेजिङ र हाई–प्रेशर कास्टिङ जस्ता प्रविधिहरू प्रयोग गरी उच्च गुणस्तर, सटीकता र तीव्र नवप्रवर्तन सुनिश्चित गरिन्छ।
यसका साथै, CERA को फसेट उत्पादन प्लान्टमा डाइ कास्टिङ, रोबोटिक ग्राइन्डिङ, अटोमेटिक क्रोम प्लेटिङ तथा PVD प्रविधि जस्ता आधुनिक प्रणालीहरू प्रयोग गरिन्छ। स्यानिटरीवेयरभन्दा बाहिर पनि CERA ले फसेट, टाइल्स, वेलनेस समाधान, कन्स्ट्रक्सन केमिकल्स, किचन सिङ्क तथा भ्यानिटी क्याबिनेटहरू समेट्दै पूर्ण बाथरूम समाधान प्रदान गर्दै आएको छ।
प्रकाशित: १२ चैत्र २०८२ १९:३५ बिहीबार





