१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

प्रधानमन्त्रीको शपथअघि बालेन्द्र शाहको ‘जय महाकाली’ र्‍याप गीत सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथको पूर्वसन्ध्यामा नयाँ र्‍याप गीत ‘जय महाकाली’ सार्वजनिक गरेका छन्।

बालेन्द्रकै आधिकारिक युट्युब च्यानलमार्फत बिहीबार साँझ रिलिज भएको उक्त गीतमा शब्द, संगीत र स्वर उनकै छ।  

गत प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देशको पूर्वदेखि पश्चिमसम्मको आफ्नो चुनावी यात्रालाई समेटेर बनाइएको भिडियोमा मानिसहरूसँगको भेटघाट, संवादका दृश्यहरू राखिएका छन्।  

गीतमा उनले देश बनाउन गोर्खाली अघि आएको बताएका छन्।  

बालेन्द्र शाहले शुक्रबार दिउँसो प्रधानमन्त्रीको शपथ लिदैछन्।

प्रकाशित: १२ चैत्र २०८२ २०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App