coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

दलित शिक्षाका लागि एक करोडको अक्षयकोष

लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका आप्रवासी तथा समाजसेवी कृष्ण सोवले दलित विद्यार्थी छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन्।

विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा पाँच लाख रूपैयाँ को अक्षयकोष स्थापना गरेका छन्।

विद्यालयको स्वर्ण महोत्सवमा ४० लाख जुट्यो

स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका ७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले ४० लाख १८ हजार रुपैयाँ प्रदान गरेका छन्।

थाकस छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी सङ्कलन

चितवनस्थित थारु कल्याणकारिणीसभाले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा छ लाख भन्दाबढी रकम सङ्कलन भएको छ।

तामाङ पत्रकार संघको दुई दिने राष्ट्रिय भेला सम्पन्न, दश लाख रुपैयाँको अक्षयकोष घोषणा

तामाङ पत्रकार संघको दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ । शुक्रवारबाट काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा शुरु भएको भेला शनिबार सम्पन्न भएको हो । भेलाको उद्घाटन वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गरेका थिए ।

आमावुवाको स्मृतिमा अक्षयकोष

रुपा गाँउपालिकास्थित कालिका माविमा पोखरा–३० निवासी दुर्गा पौडेल न्यौपानेले अक्षयकोष स्थापना गरेकी छन्। न्यौपानेले बुबा गजाधर र माता राधिका पौडेलको स्मृतिमा विद्यालयमा एकलाख एक रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेकी हुन्।

सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु

काठेखोला गाउँपालिका–४ तङ्ग्राम, काफलबोटमा सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु गरिएको छ।

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए।

चेपाङ बालबालिका पढ्ने तोमनडाँडा विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना

गुरुङले निम्नवर्गका जेहेन्दार विद्यार्थीको शिक्षादीक्षामा सहयोग पुर्‍याउने हेतुले गाउँकै तोमनडाडाँ आधारभुत विद्यालय गण्डकी गाउँपालिका ६ भुम्लिचोकमा ५० हजार राशीको अक्षयकोषको स्थापना गरेका हुन्।

कांग्रेस महामन्त्री खड्का परिवारद्वारा अस्पतालमा ५० लाखको ‘प्रेम–माया’ अक्षयकोष स्थापना

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको परिवारले बुवा र आमाको सम्झनामा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अक्षयकोष स्थापना गरेको छ।

विद्यालयमा प्रतिभा पुरस्कार अक्षयकोष

जुम्लाको हिमा गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयमा विद्यालय प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरिएको छ।

भलिबलका पूर्व खेलाडी बस्नेतको स्मृतिमा अक्षयकोष

पोखरा–१६ हिमालय क्लबले पूर्व राष्ट्रिय भलिबल खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा अक्षयकोष स्थापना गरेको छ ।

अनाथालयको अक्षयकोषमा परोहा नपाको साढे दुई लाख

रौतहटको परोहा नगरपालिकाले गरुडास्थित वंशीराम जयसवाल अनाथालयको अक्षयकोषमा साढे दुई लाख रुपैयाँ सहयोग गरेको छ। नगर परिषदको निर्णयअनुसार अनाथालयको उपचार कोषमा साढे दुई लाख रुपैयाँ सहयोग गरेको हो।

पूर्व विद्यार्थीद्वारा विद्यालयमा अक्षयकोष स्थापना

दुई पूर्व विद्यार्थीले गोरखाको बारपाक सुलिकोट गाउँपालिका ७ को शैलपुत्री माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। आइतबार विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा हाल अष्ट्रेलिया रहेका संजिप अम्गाई र सजिता श्रेष्ठले एक लाख ११ हजार एक सय ११ रुपैयाँको कोष स्थापना गरेका हुन्।

भुपु विद्यार्थीद्वारा साढे १० लाखको अक्षयकोष

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा भूतपुर्व विद्यार्थीले अक्षयकोष स्थापना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्