४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भुपु विद्यार्थीद्वारा साढे १० लाखको अक्षयकोष

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा भूतपुर्व विद्यार्थीले अक्षयकोष स्थापना गरेका छन्।

सो विद्यालयबाट २०५२ र २०५३ सालमा एसएलसी उत्तिर्ण विद्यार्थीको अगुवाईमा कोष स्थापना भएको हो। ‘सरस्वती माध्यमिक विद्यालय पूर्व विद्यार्थी अक्षयकोष’ मा १० लाख ६५ हजार राशी रहेको छ। 

९ लाखमा मैदान निर्माण

सोही माविमा अध्ययन गरेर हाल बेलायतमा रहेका भूपु विद्यार्थीले धुलोरहित खेलमैदान निर्माणका लागि आर्थिक सहयोग गरेका छन्।

बेलायती सेनामा कार्यरत एवं अवकाश प्राप्त पूर्वविद्यार्थीले धुलोरहित एसेम्बली मैदान बनाउन ९ लाख ४८ हजार ३२२ रुपैयाँ प्रदान गरेका हुन्। 

प्रकाशित: ८ पुस २०७६ ०७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App