८ वैशाख २०८१ शनिबार
शिक्षा

विद्यालयमा प्रतिभा पुरस्कार अक्षयकोष

जुम्लाको हिमा गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयमा विद्यालय प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरिएको छ। हरेक वर्ष अक्षयकोषमा संकलित रकमबाट प्रतिभा पुरस्कृत गर्ने हेतुले अक्षयकोष स्थापना गरिएको हो। प्रतिभा पुरस्कार अक्षयकोष स्थापनाको लागि अभिभावकले साथ दिएका छन्। उनीहरुले ६ लाख ३३ हजार रुपैयाँ अक्षयकोषमा जम्मा गरेका हुन्।  

यो अक्षयकोषले अभिभावकलाई जिम्मेवार बनाउने छ। विद्यार्थीलाई लगनशिल बनाउनेछ। विद्यालयलाई कर्तव्यबोध गराउने छ, नेपाली कांग्रेसका युवा नेता लक्ष्मण शाहीले भने,‘यो कोष गुणस्तरीय शिक्षाका लागि एक आधार स्तम्भ हो।’

निर्माण व्यवसायी संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष अभिभावक बिर्खबहादुर शाहीले एक लाख ७५ हजार एक सय ५१ रुपैयाँ अक्षयकोषमा जम्मा गरे।  नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले एक लाख ५१ हजार एकसय ५१ रुपैयाँ, हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले एक लाख पाँच हजार एकसय ५१ रुपैयाँ दिने घोषणा गरे।  

ज्येष्ठ नागरिक अगुवा मलभिम शाहीले एक लाख एक हजार एक सय एक रुपैयाँ र स्थानीय अगुवा नरबहादुर शाहीले ५१ हजार एक सय एक रुपैयाँ विद्यालयले स्थापना गर्ने प्रतिभा पुरस्कार तथा अक्षयकोषमा सहयोग गरे। हिमा १ का सचिव मानबहादुर शाहीले ५० हजार एक सय ५१ रुपैयाँ विद्यालयको अक्षयकोषमा उपलब्ध गराउने घोषणा गरेका छन्। शिक्षा सबैभन्दा ठूलो सम्पत्ति हो। विद्यालयको स्तरोन्नतिका लागि सहयोगको कमी हुन दिँदैनौँ। उनले भने,‘ विद्यालय व्यवस्थापन र आर्थिक व्यवस्थापन पारदर्शी हुनुपर्छ। विद्यालयको विकासका लागि अभिभावक लागि पर्छौ।’

हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले गाउँपालिकाले शिक्षा क्षेत्रमा पहिलो प्रथामिकता दिएको बताउँदै कालिका माध्यामिक विद्यालयसहित गाउँपालिकाका विद्यालयहरुको भौतिक पूर्वाधार र  स्तरोन्नतिका लागि स्थानीय सरकार सकारात्मक हुँदै आएको बताइन्। शिक्षा विना जीवन अन्धकार झैँ हुन्छ। उनले भनिन्,‘त्यसैले सबैलाई पढाउने र गुणस्तरीय शिक्षा दिन अभिभावक, शिक्षक र विद्याथीहरुले स्पष्ट रणनीति बनाएर अगाडि बढ्न जरुरी छ।’

नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमख लक्ष्मण शाही विद्यालयको स्तरोन्नतिका लागि सबैको सहकार्य आवश्यक रहेको बताउँछन्। उनले यो विद्यालयबाट उत्पादित आश लाग्दो जनशक्ति देशका विभिन्न ओहदामा पुगेकाले भावी जनशक्तिका लागि अपुग विषयमा गर्नुपर्ने सहयोगमा लागि पर्ने बताए। नपढेका पुर्खाले विद्यालय जन्माईदिएकोमा स्मरण गर्दै अव राम्रो गर्ने जिम्मेवारी सबैको रहेको बताए।  

विद्यालयमा ३६० छात्रा र २५१ छात्र गरि अहिले ६११ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा प्राविधिक धारसहितका १८ जना शिक्षक दरबन्दी रहेको छ।  तीन हजार ८ सय वर्गमिटर जग्गा रहेकोमा बढाउने तयारी भईरहेको छ।

प्रकाशित: ७ वैशाख २०७८ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App