२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अनाथालयको अक्षयकोषमा परोहा नपाको साढे दुई लाख

रौतहट- रौतहटको परोहा नगरपालिकाले गरुडास्थित वंशीराम जयसवाल अनाथालयको अक्षयकोषमा साढे दुई लाख रुपैयाँ सहयोग गरेको छ। नगर परिषदको निर्णयअनुसार अनाथालयको उपचार कोषमा साढे दुई लाख रुपैयाँ सहयोग गरेको हो।

बुधबार अनाथालय पुगेर नगरपालिकाका निमित्त कार्यकारी प्रमुख ओमप्रकाश यादवले अनाथालयका संस्थापक वंशीराम जयसवाललाई साढे दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। गत आवमा पनि नपाले अनाथालयलाई साढे दुई लाख रुपैयाँ सहयोग गरेको थियो।

अनाथालयमा रहेका ३४ बालबालिकालाई स्वास्थ्य उपचारमा सहयोगको लागि अक्षयकोष आवश्यक भएकोले अनाथालय संस्थापक जयसवालले एक करोड रुपैयाँको अक्षयकोष स्थापनाका लागि आह्वान गरेका थिए। अनाथालयको अक्षयकोषमा अहिलेसम्म ३२ लाख ५० हजार रुपैयाँ जम्मा भइसकेको अनाथालयका प्रमुख हृदयनारायण कुशवाहाले जानकारी गराएका छन्।

प्रकाशित: २६ चैत्र २०७६ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App