८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

तामाङ पत्रकार संघको दुई दिने राष्ट्रिय भेला सम्पन्न, दश लाख रुपैयाँको अक्षयकोष घोषणा

तामाङ पत्रकार संघको दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ । शुक्रवारबाट काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा शुरु भएको भेला शनिबार सम्पन्न भएको हो । भेलाको उद्घाटन वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गरेका थिए । भेलाको उद्घाटन गर्दै मन्त्री लामाले प्रदेशप्रति स्थानीय र संघ दुबै सरकारले गरेको व्यवहार ठीक नभएको बताएका थिए।मन्त्री लामाले प्रदेशको बजेटतिर दुबै सरकारले आँखा लगाउने गरेको पाइएको दाबी गरेका हुन्।

मन्त्री लामाले तामाङ समुदायका लागि आफूले सकेको सहयोग गर्ने बताए । भेलामा संघले प्रकाशन गरेको पत्रिका ुकलमजीवीु समेत विमोचन गरियो । भाषाविद् अमृत योञ्जनले ुकलमजीविुलाई निरन्तर दिन सके इतिहासमा एउटा राम्रो अभिलेख तयार हुने बताए । कार्यक्रममा अन्तराष्ट्रिय तामाङ परिषद्का बरिष्ट उपाध्यक्ष टासी लामाले तामाङहरु समाजको हरेक क्षेत्रमा कमजोर रहेकोले त्यसलाई पत्रकारिताको माध्यमबाट झक्झकाउने काम गर्नु पर्नेमा जोड दिए।

दश लाख रुपैयाँको अक्षयकोष घोषणा

संघले तामाङ पहिचानजनित विषयमा कलम चलाउने तामाङ पत्रकारलाई सम्मान गर्ने गरी ुतामाङ पत्रकार अक्षयकोषु घोषणा गरेको छ । संघका अध्यक्ष सुवास योञ्जनले १० लाख रुपैँया बराबरको अक्षयकोष स्थापना गरेको बताए । उनका अनुसार साढे ६ लाख रकमसमेत कबोल भइसकेको छ ।

यसअघि अक्षयकोषमा ३ लाख ५० हजार रुपैयाँ कबोल भइसकेको थियो । शुक्रवार थप ३ लाख रकम कबोल भएको हो । कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रीय सदस्य मिलन लामाले एक लाख, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वलले नगद ५० हजार, तामाङ पत्रकार संघका पूर्वअध्यक्ष जगतमान दोङले ५० हजार, समाज नर्थ अमेरिकाको सल्लाहकार लोक लामा गोलेले ५० हजार, त्यसैगरी संघका संस्थापक अध्यक्ष रवीन्द्र तामाङले ४३ हजार, तामाङ पत्रकार संघका पूर्वअध्यक्ष विष्णु तामाङले २५ हजार, तामाङ डाजाङका अध्यक्ष फूलमान वलले १० हजार १०, मम्स् नेपालकी कार्यकारी निर्देशक रञ्जिता लामाले १० हजार, गाउँपालिका महासंघका सल्लाहकार वंशलाल तामाङ १० हजार सहयोगको घोषणा गरे।

प्रकाशित: ७ जेष्ठ २०८० ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App