२० आश्विन २०८१ आइतबार
image/svg+xml

नक्कली लाइसेन्स प्रकरण : सिआइबी निगरानीमा १० पूर्वमहानिर्देशक

नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा यातायात विभागका पूर्वमहानिर्देशकहरू निगरानीमा परेका छन्।

राजस्वमा चक्रबहादुर बुढा विभागको महानिर्देशक

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको सरुवा भएको छ। यसअघि कोटिभिटी मुद्दाका कारण विवादित बनेका ढुंगानालाई सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरेको छ।

राजस्व छल्ने सफ्टवेयर कम्पनीविरुद्ध १० अर्बको मुद्दा

राजस्व छलीको आरोपमा राजस्व अनुसन्धान विभागले एक कम्पनीविरुद्ध सवा १० अर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ।

४० करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा

विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।

प्रधानमन्त्रीकै निर्देशनमा छाडिएकी थिइन् अमला

‘प्रधानमन्त्री वा प्रधानमन्त्रीको सचिवालय यकिन भएन,’ त्यहींबाट दबाब आएपछि रोका मगरलाई छाडिएको स्रोतले भन्यो। राजस्व विभागका महानिर्देशक नवराज ढुंगानासँग यो विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा उनले एक घण्टापछि भन्दै एसएमएस पठाए। पछि सम्पर्क हुन सकेन।

राजस्व छलीमा डेढ अर्बको बिगो सहित मुद्दा दायर

राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै सरकारले मुद्दा दायर गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको छ।

हुन्डी कारोबारीलाई अस्पतालमै ‘अनुसन्धान सुविधा’

व्यापारी नरेश अग्रवाल पक्राउ परेका बखत युएसडिटीमार्फत कारोबार भएको प्रमाण र सुन तौलिने मेसिनसमेत फेला परेको थियो। यी दुवै विषयलाई बेवास्ता गरी हुन्डी कारोबारमा मात्रै अनुसन्धान गरेको चर्चा अहिले विभागभित्रै भइरहेको छ।

सिभिल सहकारीपीडितले रकम पाउन इच्छाराजविरुद्धको ठगी मुद्दा कुर्नुपर्ने

सिभिल सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन इच्छाराज तामाङसँग जोडिएको ठगी मुद्दाको फैसला नै कुर्नुपर्ने देखिएको छ।

अनुसन्धान अधिकृत पदको नतिजा सार्वजनिक

विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै लिखितमा सहभागी भएको २६८ मध्ये ४४ जनाको नाम प्रकाशित गरेको छ।

उपसचिवको खातामा अढाई करोड दाखिला !

परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ।

‘गल्ती गर्ने भन्सार र राजस्व, दोषजति सशस्त्रलाई ?’

सीमास्थित भन्सार र राजस्व कार्यालयले गरेका गतिविधिलाई लिएर सशस्त्रका पूर्वकर्मचारीहरूले असन्तुष्टि प्रकट गरेका छन्।

मानव तस्करीका सूचना प्राप्त गर्न राष्ट्रिय अनुसन्धान विभाग असफल

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने नागरिकको सूचनामा राष्ट्रिय अनुसन्धान विभागको भूमिका निकै कमजोर देखिएको छ।

वर्षेनी २ हजार बढीले अकालमा ज्यान गुमाउँछन्

गत वर्ष सवारी दुर्घटनामा परी २ हजार ३७६ जनाले अकालमा ज्यान गुमाएका छन्।सवारी व्यवस्थापनमा सरकारको नियमन प्रभावकारी नहुँदा सवारी दुर्घटनामासमेत नागरिकले जीवन गुमाइरहेका छन्।

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनामाथि मुद्दा दर्ता दायर

हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा राजस्व अनुसन्धान विभागले मधेस प्रदेश सिरहा जिल्लाका ४ जनामाथि जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गराएको छ।

सुन तस्करीको अनुसन्धानमा ‘एमएलए’ बाधक

प्रहरी स्रोतका अनुसार सुन तस्करीमा विदेशी नागरिकको संलग्नता र राजनीतिक व्यक्तिहरूको ‘कनेक्सन’ पुष्टि गर्न प्रहरीलाई पारस्परिक कानुनी सहायता सन्धि (एमएलए) बाधक भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्