७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

अनुसन्धान अधिकृत पदको नतिजा सार्वजनिक

राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। लोक सेवा आयोगले लिएको परीक्षाको परीक्षाफलको सूचना विभागले सार्वजनिक गरेको हो।

विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै लिखितमा सहभागी भएको २६८ मध्ये ४४ जनाको नाम प्रकाशित गरेको छ।

विभागले नेपाल विशेष सेवा समूह अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीको अनुसन्धान अधिकृतको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो।  

यो सूचना लोकसेवा आयोग र राष्ट्रिय अनुसन्धान विभागको वेबसाइटमा राखिएको जनाइएको छ। साथै उत्तीर्ण भएका सम्पूर्ण उम्मेदवारहरूलाई तृतीय चरणको विस्तृत स्वास्थ्य परीक्षणका लागि आव्हान गरिएको छ।

विभागले विस्तृत स्वास्थ्य परीक्षण माघ २१ गते सशस्त्र प्रहरी बल नेपालको एपीएफ अस्पताल, बलम्बु काठमाडौँमा बिहान ११ बजेबाट हुने जनाएको छ। स्वास्थ्य परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित उम्मेदवारहरूले व्यहोर्नुपर्ने जनाइएको छ।

प्रकाशित: ११ माघ २०८० ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App