५ आश्विन २०८१ शनिबार
image/svg+xml

सर्लाहीका एसपी सुवेदीले पाँच दिनमै १६ तस्करलाई गरे पक्राउ

सर्लाही जिल्लाको प्रहरी प्रमुखमा हाजिर हुनासाथ एसपि नरेश राज सुवेदीले तस्करी नियन्त्रण गर्न एक्सन लिएपछि तस्करहरुमा खैलाबैला मच्चिएको हो।

जुम्लामा घरेलु हिंसाका घटना बढ्दो

आर्थिक वर्ष २०७७/०७८ देखि अहिलेसम्म प्रहरी कार्यालय जुम्लामा दर्ता भएका महिला हिंसाका उजुुरीहरु ह्वात्तै बढेको पाइन्छ।

ओखलढुंगा प्रहरीलाई अत्याधुनिक नयाँ भवन

साविक प्रहरी परिसरमा १० करोड १० लाख ४४ हजार ९१ रुपैया ८१ पैसाको लागतमा निर्मित भवन सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो।

जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

डोल्पा जिल्ला बाट जुम्ला तर्फ आउदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टर नियन्त्रण लिइएको हो।

जुम्लामा आगलागीबाट घर जलेर नष्ट

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार ४ तले १७ कोठे घर जलेर नष्ट भएको छ। बिहीबार राति साढे २ बजे आगलागी भएको रहेछ। तर प्रहरीलाई विहान ६ बजे मात्रै खबर भएको थियो।

लागू औषधसहित ३ जना पक्राउ

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले मंगलबार राति २ जना र १४ गते राति १ जनालाई पक्राउ गरेको जनाएको छ। १६ गते साँझ त्रियुगा नगरपालिका १३ को जोगीपोखरीका २४ वर्षीय आइस अधिकारी घरमा लुकाइ-छिपाइ राखेको ३९ एम्पुल प्रतिबन्धित लागू औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

उदयपुरमा आगलागी हुँदा पौने दुईकरोडको धनमाल नष्ट

राति एक्कासी विद्युत सट भएर भएको आगलागीले टहरासँगै जोडिएको कार्कीको घरको सटरमा रहेको कपडा पसल, फर्निचर र सुनचादी तथा नगद जलेको छ।

भारतीयले विस्फोट गरेको ढुंगा उछिट्टिएर नेपाली बालकको मृत्यु

भारत पिथौरागढ जिल्लाको धारचुला अन्तर्गतको तवाघाट–लिपुलेक सडक खण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण गरिरहेको गर्ग एण्ड गर्ग निर्माण कम्पनीले सीमा क्षेत्रमा कुनै जानकारी नदिइ विष्फोट गराउँदा घटना भएको उनले बताए। पवनसँगै हिडिरहेकी उनकी बहिनी समेत पारीबाट उछिट्टिएर आएको ढुंगा लागेर घाइते भएकी छिन्।

छुट्टाछुट्टै दुर्घटनामा परी दुई युवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका ११ बेतिनीबाट गहुँबारीतर्फ जाँदै गरेको अस्थायी नं. लु ८८ प १८५६ नंं. को अनटेस्ट मोटरसाइकल हर्देनीमा दुर्घटनामा परी सोही वाडका २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको ज्यान गएको छ।

सुर्खेतमा ब्राउन सुगरसहित पाँच व्यक्ति पक्राउ

गए राति २३ः४५ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा१७च ७९६९ नंको स्कार्पियो गाडी सुब्बा कुनामा जाँच गर्दा चालकको सिट पछाडि सिट कभरको खल्तीमा नापतौल नभएको दुई पुरिया ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको उनले बताए।

ताप्लेजुङमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

यस्तै गए राति मैवाखोला गाउँपालिकाको वडा नं २ को तेल्लाबुङबाट वडा नं ५ फाकुम्बातर्फ जाँदै गरेको ट्याक्टर वडा नं ४ साँघुको याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा दुर्घटनामा हुँदा दुई घरका दाजुभाई तथा दिदीबहिनी गरी ४ जनाको मृत्यु भएको थियो।

बलात्कारमा चार वर्ष कैद तोकिएका एक पक्राउ

‘विशेष सुराकीको आधारमा नाम बदलेर बस्दै आएका खड्कालाई पक्राउ गर्न सफल भयौं,’ उनले भने, ‘पक्राउ परेका खड्कालाई कैद भुक्तानीका लागि जिल्ला अदालत सुर्खेतको जिम्मामा लगाएका छौं।’

दश किलो गाँजासहित भारतीय युवक सर्लाहीमा पक्राउ

सर्लाहीको मलंगवा नगरपालिका १ भेडियाही गाउँस्थित ढलान सडकमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट खुटौनाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेका भारत बिहारको सीतामढी जिल्लाको सोनवर्षा ग्राम पंचायत विसनपुर आधार वडा नम्बर ६ संग्रामपुरका २७ वर्षीय नुर मोहम्मदलाई गाँजासहित पक्राउ गरिएको हो।

रोल्पामा प्रहरी दिवस

बिभिन्न कार्यालयका प्रमुख, पत्रकार, अमर प्रहरीका आफन्तजन, पूर्व प्रहरी कर्मचारीहरु र प्रहरी कर्मचारीको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र थापा घर्तिले रोल्पा प्रहरीको सेवाको खुलेर प्रशंसा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्