१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छुट्टाछुट्टै दुर्घटनामा परी दुई युवाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ। जिल्लाको कटारी नगरपालिका र बेलका नगरपालिकामा मंगलबार साँझ र रातिको भएको अगल अगल मोटरसाइकल दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका ११ बेतिनीबाट गहुँबारीतर्फ जाँदै गरेको अस्थायी नं. लु ८८ प १८५६ नंं. को अनटेस्ट मोटरसाइकल हर्देनीमा दुर्घटनामा परी सोही वाडका २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको ज्यान गएको छ। आफैं अनियन्त्रित भइ मोटरसाइकल दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो भने पछाडि सवार सोही ठाउँकी २१ वर्षीया इन्दीरा कार्की घाइते भएकी छिन्।

प्रहरी चौकी बेतिनी र इलाका प्रहरी कार्यालय कटारीबाट खटेको संयुक्त टोलीले राति नै घाइतेको उद्धार गरी उपचारार्थ कटारी अस्पताल ल्याइएको छ। घटनास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव कटारी अस्पताल पठाइएकोमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।

त्यसैगरी मंगलबार साँझ करिब सात बजे उदयपुरकै बेलका नगरपालिका १ सर्बण चोकमा भएको अर्को मोटरसाइकल दुर्घटनामा परी चालक बेलका १ झाखेरका ३७ वर्षीय धनबहादुर तामाङको ज्यान गएको छ। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प ४५३५ नं. को मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका तामाङको सप्तरीको कन्चनरुप नगरपालिका ८ स्थित स्वास्थ्य चौकीमा उपचारको क्रममा राति साढ ९ बजे ज्यान गएको हो।

बेलका १ स्थित भागलपुर प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार इलाका प्रहरी कार्यालय रामपुर र चौकीको संयुक्त टोलीले घटनास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि बुधबार बिहान जिल्ला अस्पताल ल्याइएको छ।

प्रकाशित: ९ कार्तिक २०७९ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App