२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रोल्पामा प्रहरी दिवस

तस्बिरः स्मारकमा माल्र्यापर्ण गर्दै मेयर र प्रमुख जिल्ला अधिकारी ।

सोमबार जिल्ला प्रहरी कार्यालय रोल्पाले ६७ औ प्रहरी दिवस मनाएको छ। रोल्पा प्रहरी प्रमुख विनोद घिमिरेको अध्यक्षतामा, रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्ति, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा लगायतको उपस्थितीमा सम्पन्न एक औपचारीक कार्यक्रममा अमर प्रहरी परिवार लक्ष्मी डाँगी, निमा थापा र निम कुमारी रानालाई दोसल्ला ओढाई संयुक्त रुपमा सम्मान गरिएको थियो।

बिभिन्न कार्यालयका प्रमुख, पत्रकार, अमर प्रहरीका आफन्तजन, पूर्व प्रहरी कर्मचारीहरु र प्रहरी कर्मचारीको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र थापा घर्तिले रोल्पा प्रहरीको सेवाको खुलेर प्रशंसा गरेका थिए। प्रमुख जिल्ला अधिकारी सापकोटाले शान्ति सुरक्षा संगै लागु औषध नियन्त्रण, बालबिबाह र आत्महत्या रोकथाममा रोल्पा प्रहरीले उत्कृष्ट काम गरेको बताए।  

सहभागीले अमर प्रहरी स्मारकमा माल्र्यापर्ण गरेका थिए।  

प्रकाशित: ३१ आश्विन २०७९ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App