७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

दश किलो गाँजासहित भारतीय युवक सर्लाहीमा पक्राउ

दश किलो गाँजासहित सर्लाहीमा एक भारतीय युवक पक्राउ परेको छ। नेपालबाट भारततर्फ मोटरसाइकलमा जाँदै गरेका भारतीय युवकबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो।

सर्लाहीको मलंगवा नगरपालिका १ भेडियाही गाउँस्थित ढलान सडकमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट खुटौनाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेका भारत बिहारको सीतामढी जिल्लाको सोनवर्षा ग्राम पंचायत विसनपुर आधार वडा नम्बर ६ संग्रामपुरका २७ वर्षीय नुर मोहम्मदलाई गाँजासहित पक्राउ गरिएको हो।

मोहम्मदले चलाइ रहेको बिआर ३० जेड ६४६६ नम्बरको भारतीय मोटरसाइकललाई सशस्त्र प्रहरीले चेकजाँच गर्दा बोरामा लुकाइ राखेको अवस्थामा पाँच किलो दरका दुई पोका बरामद भएको हो। पोकालाई खोली हेर्दा ९ किलो ८०० ग्राम गाँजा बरामद भएको र मोटरसाइकल तथा मोहम्मदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान अगाडि बढाएको छ। यसैबीच प्रहरीले भारतबाट नेपालतिर साइकलमा आइरहेका मलंगवा नगरपालिका २ का २५ वर्षीय सन्तोष साहलाई रोकेर जाँच गर्दा लागू औषध बरामद भएको छ।

साहबाट प्रहरीले ९०० पिस नाइट्राभेट ट्याबलेट बरामद भएपछि नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि विजय यादवले जानकारी गराएका छन्।

प्रकाशित: ३१ आश्विन २०७९ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App