१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लागू औषधसहित ३ जना पक्राउ

लागूऔषधसहित पक्राउ एक अभियुक्त।

उदयपुर प्रहरीले तीन दिनको अवधिमा छुट्टाछुट्टै ठाउँबाट ३ जना लागूऔषध कारोबारमा संलग्नहरुलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले मंगलबार राति २ जना र १४ गते राति १ जनालाई पक्राउ गरेको जनाएको छ।

१६ गते साँझ त्रियुगा नगरपालिका १३ को जोगीपोखरीका २४ वर्षीय आइस अधिकारी घरमा लुकाइ-छिपाइ राखेको ३९ एम्पुल प्रतिबन्धित लागू औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। लागू औषध बिक्री वितरणमा संलग्न भएको सूचनाको आधारमा खटेको जिल्ला प्रहरी कार्यालयको विषेश टोलीले अधिकारीलाई घरमा लुकाइ-छिपाइ राखेको डाईजोपाम ५ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेल्याव ९ एम्पुल, बुप्रिनोर्फिन ९ एम्पुल र फेनार्गन १० एम्पुल लागू औषधसहित पक्राउ गरेको जनाएको छ।

त्यसैगरी सोही दिन त्रियुगा नगरपालिका ११ का ३५ वर्षीय राजकुमार राईलाई पनि प्रहरीले लागू औषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। उनलाई भने गत १४ गते लागू औषधसहित पक्राउ परेका अभियुक्तको बयानका आधारमा पक्राउ गरिएको हो। १४ गते साँझ ६ बजे त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा बसपार्कबाट विभिन्न ३ किसिमका लागू औषधसहित त्रियुगा १० बोक्सेका ३४ वर्षीय विकास राई पक्राउ परेका थिए।

बसपार्कमा टहल्दै हिडेका राईमाथि शंका लागेर चेकजाँच गर्दा ४२ एम्पुल (थान) लागू औषध बरामद भएको प्रहरीले जनाएको छ। उनको साथबाट डाइजेपाम १४ एम्पुल, बुप्रिनोर्फिन १४ र फेनार्गन १४ गरी ४२ एम्पुल बरामद गरेको थियो। उनलाई अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान गर्ने क्रममा उनले दिएको बयानका आधारमा राजकुमार पक्राउ परेको प्रहरी प्रवक्ता डिएसपी राकेश पोदारले बताए।

१६ गते पक्राउ परेका राई र अधिकारी दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको छ। तीनै जनामाथि लागू पदार्थ कारोबार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाललले बताएका छन्।

प्रकाशित: १७ कार्तिक २०७९ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App