८ वैशाख २०८१ शनिबार
राजनीति

जुम्लामा आगलागीबाट घर जलेर नष्ट

जुम्लामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका ३ निवासी लालबहादुर खत्रीको घर जलेर नष्ट भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार ४ तले १७ कोठे घर जलेर नष्ट भएको छ। बिहीबार राति साढे २ बजे आगलागी भएको रहेछ। तर प्रहरीलाई विहान ६ बजे मात्रै खबर भएको थियो। वडाध्यक्ष रतन खत्रीका अनुसार आगलागीबाट पुरै अन्न, लत्ता कपडा, भाडा कुडा र महत्वपूर्ण सामान जलेर नष्ट भएका छन्। मानवीय क्षेती भने भछ छैन।

प्रहरीले घटनाको मुचुल्का उठाइ सकेको छ। घटना पछि चन्दननाथ नगरपालिकाले वैठक बसेर  ६० हजार तत्कालका लागि राहात दिने निर्णय गरेको वडाध्यक्ष खत्रीले जानकारी दिए। यसैगरी घटनाको बिषयमा जिल्ला प्रशासन कार्यालयमा वैठक बसेको छ। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आकस्मिक  वैठक बसेर राहातको लागि छलफल भएको छ। जिल्ला प्रशासनले नियामानुसार दिने २५ हजार पनि राहात उपलब्ध गराईनेछ।

प्रकाशित: ९ मंसिर २०७९ १४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App