२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बलात्कारमा चार वर्ष कैद तोकिएका एक पक्राउ

जबरजस्ती करणीमा जिल्ला अदालत सुर्खेतबाट चार वर्ष कैद सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार एक महिलामाथि जबरजस्ती करणीपछि फरार रहेका वीरेन्द्रनगर नगरपालिका–१० का रामबहादुर खड्का पक्राउ परेका हुन्।

अदालतले दुई वर्षअघि जवजस्ती करणी मुद्दामा चार वर्षको कैद सजाय सुनाएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदबहादुर विष्टले खड्कालाई सोमबार पक्राउ गरिएको हो।

‘विशेष सुराकीको आधारमा नाम बदलेर बस्दै आएका खड्कालाई पक्राउ गर्न सफल भयौं,’ उनले भने, ‘पक्राउ परेका खड्कालाई कैद भुक्तानीका लागि जिल्ला अदालत सुर्खेतको जिम्मामा लगाएका छौं।’ प्रहरीका अनुसार उनले रामबहादुरबाट आफ्नो नाम विशाल खड्का बनाएका थिए।

प्रकाशित: १ कार्तिक २०७९ ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App