१३ आश्विन २०८१ आइतबार
image/svg+xml

काँग्रेस बाजुराको उम्मेदवार छनोटमा सकस,संघमै ७ जनाको सिफारिस

नेपाली काँग्रेसले संघ र प्रदेश निर्वाचन क्षेत्रको हकमा एक जना महिला पर्ने गरी बढीमा तीन जनाको नाम सिफारिस गर्न जिल्ला कार्य समितिलाई सर्कुलर जारी गरेको छ। तर काँग्रेस बाजुराले त्यो मापदण्ड विपरीत संघमा ७ जनाको र प्रदेश ख मा ५ जनाको नाम सिफारिस गरेको सचिव चरत रोकायाले बताएका छन्।

मोरङ १ मा कांग्रेसबाट सभापति लिम्बुसहित ४ जनाको नाम सिफारिस

कांग्रेस क्षेत्र नम्बर १ को बैठकले प्रतिनिधि सभा निर्वाचनको लागि जिल्ला सभापति डिगबहादुर लिम्बुसहित ४ जनाको नाम सिफासि गरेको हो।

देशमा सुशासन दिन नसके नेपाल पनि श्रीलंका सरह हुन्छः नेता पौडेल

उनले देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने भन्ने बारेमा स्थायी सरकारको विशेष भुमिका रहने उल्लेख गरे। वरिष्ठ नेता पौडेलले मुलुकमा सुशासन कायम गर्न नसके मुलुकलाई आर्थिक रुपमा बलियो बनाउन नसक्ने बताए।

गच्छदार निर्दोष छ,माधव नेपालको मन्त्रिपरिषद्ले गरेको निर्णय मानेका मात्र हुन्: प्रवक्ता महत

आइतबार पत्रकार सम्मेलनमा प्रवक्ता महतले तत्कालीन प्रधानमन्त्री माधवकुमारको मन्त्रिपरिषद्ले गरेको निर्णय गच्छदारले मानेको मात्र बताए।

प्रत्यक्षबाट किन पछि हटे निधि ?

माओवादी केन्द्रसहितका राजनीतिक दलसँग चुनावी तालमेल गरेर जाँदा कांग्रेसका अधिकांश नेता चुनाव जित्नेमा ढुक्कजस्तै देखिएका बेला निधिले भने प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने निधो गरेका हुन्।

उदयपुरका दुवै निर्वाचन क्षेत्रबाट नेपाली काँग्रसका उम्मेदवार सिफारिस

निर्वाचनक्षेत्र नं. १ को क्षेत्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८ र समानुपातिकर्फ ११ जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय सभापति खगेन्द्र राईले अघिल्लो दिनको बैठकले प्र्रत्यक्षमा हालका प्रत्यक्ष निर्वाचित सांसद डा. नारायण खड्का तथा समानुपातिक सांसदद्वय प्रमिला राई र लक्ष्मी परियारसहित ८ जनाको नाम सिफारिस गरेको बताए।

हाम्रै नेतृत्वमा सरकार बन्छः गगन थापा

‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिनपछि निर्वाचनको तयारीमा जुट्दैछौं। अहिले त अब गठबन्धन भन्ने भएकाले गर्दा को, कहाँबाट लड्ने? त्यसको तालमेल मिलाउँदैछौं। अहिले सम्पूर्ण ध्यान त्यसमा छ। केही दिनपछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ। त्यसपछि चुनावी अभियान सुरु हुन्छ। यो पटक निर्वाचन पनि जित्छौं हामी। हाम्रै नेतृत्वमा सरकार पनि बन्छ। त्यसमा पनि कुनै अलमल भएन।’

गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए।

चुनावमा हारिएलाकी भन्ने डरले बढी सताउँछः महामन्त्री थापा

‘एउटा चुनाव जित्यो। त्यसपछि खुशी भयो। त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने। मलाई यस्तो हुन्छ। उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेलो भन्ने डर। जिन्दगी नै यसरी नै जाने हो। तर बालबालिकाहरुलाई जित र हार हुन्छ। सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ। आफ्नो कर्म गर्ने हो। तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ। तर कर्म भने गर्दै जानुपर्छ।’

इलाम कांग्रेसबाट खड्का र आचार्य सिफारिस

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला समितिले नाम सिफारिस गर्ने उम्मेदवारको नाम टुंग्याएको छ।

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत नुवाकोट १ बाट सिफारिस

आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन्।

कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

काँग्रेस कैलाली क्षेत्र नं. १ ले गर्‍यो उम्मेदवार सिफारिस

क्षेत्रीय कार्य समितिले प्रतिनिधि सभा समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस गरेको सभापति प्रकाश शाहले जानकारी दिए। उनले केन्द्रिय सदस्य ईश्वरी न्यौपाने, पूर्वसाँसद गंगाबहादुर कुँवर, गंगादेवी चौधरी, पूर्वराज्यमन्त्री सुशीला स्वाँर, बिरबहादुर हमाल, सूर्यबहादुर रावल, बिर्खबहादुर रावल, रणबहादुर रावल र सुदूरपश्चिम प्रदेश सभा सदस्य उमादेवी बादीको सिफारिस भएको बताए।

काठमाडौं-९ मा नेपाली काँग्रेसबाट ६ जनाको नाम सिफारिस

क्षेत्रीय समितिले केन्द्रीय सदस्यहरु ध्यानगोविन्द रञ्जित र नानु बास्तोला सहित छ जनाको नाम सिफारिस गरेको हो। क्षेत्रीय सभापति जयकृष्ण महर्जन, महाधिवेशन प्रतिनिधिहरु धर्मराज गौतम, तिर्थराम डंगोल र गौरीप्रसाद दवाडीको नाम सिफारिस गरिएको छ।

सुर्खेत–१ बाट कांग्रेस उपसभापति खड्काको एकल नाम सिफारिस

क्षेत्रीय सचिव मोहन रानाका अनुसार बैठकमा सुर्खेत क्षेत्र नं. १ ‘क’का सभापति केशरबहादुर वलीले कांग्रेस उपसभापति खड्काको एकल नाम प्रस्ताव गरेका थिए भने ‘ख’का सभापति भूपेन्द्रबहादुर सुवेदीले त्यसको समर्थन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्