२३ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको निष्कर्ष-सत्तापक्ष छानबिन समिति नबनाउन र संसद चल्न नदिन उद्दत

‘सभामुख र सरकारको रवैया अप्रत्याशित’

नेपाली कांग्रेसले सभामुख र सरकारको रवैया गलत रहेको निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरे र सरकारको भूमिका निकै गलत रहेको निष्कर्ष निकालेको हो।

बैठकपछि महामन्त्री गगन थापाले संसद्मा सभामुख र अन्य दलसँग छलफल गरेर संसद्को गतिरोध पनि अन्त्य होस् र हाम्रो माग पनि सम्बोधन होस् भनेर लचकता र सदासयता राख्दाराख्दै पनि सरकारको रवैया गलत देखिएको बैठकले निष्कर्ष निकालेको बताए।

‘....र सभामुखले पनि संसद्को गतिरोधका लागि अझ बढी संवेदनशील हुनुपर्ने हो, प्रतिपक्षी दलको नजरअन्दाज गर्ने कोशिस भयो,’उनले भने, ‘यो हाम्रा लागि एकदम अप्रत्याशित भयो।’

बैठकले कांग्रेस चाहिनेभन्दा बढी लचकदार भइरहेको समीक्षा भएको पनि महामन्त्री थापाले बताए।  ‘हामी लामोसमयदेखि सरकारका तर्फबाट गृहमन्त्रीज्युले बोल्न पाउनुपर्छ। हामी ल उहाँको कुरा सुन्ने हो भन्दैगर्दा जवरजस्ती जसरी कार्यसूचीमा प्रवेश गराउने कोशिस भयो,’ उनले भने।

संसद्मा सरकार र सभामुखबाट देखिएका क्रियाकलापले सत्तापक्षा समिति पनि बन्न नदिने र संसद पनि चल्न नदिन उद्दत देखिएको कांग्रेसले निष्कर्ष छ। महामन्त्री थापाले भने, ‘यो सबै कुराले जसरी भएपनि संसद पनि चल्न नदिने र समिति पनि बन्न नदिने कुरामा सरकार उद्दत भएको आजको बैठकको निष्कर्ष रह्यो।’

प्रकाशित: २९ वैशाख २०८१ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App