६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

इलाममा किन हार्‍यो त रास्वपा?

नेपाली कांग्रेस/नेकपा एमाले जस्ता स्थापित शक्तिका लागि इलाममा भएको उपनिर्वाचन ज्यादा अर्थपूर्ण भएन। एमालेका उम्मेदवारले जिते, कांग्रेसकाले हारे, भएको त त्यही हो।

यत्तिले मात्र जनताको मनको आँधीलाई राम्रोसँग झल्काउँदैन। यी दुवै पार्टी सदाझैँ प्रतिस्पर्धी रहे/भए। विगतको विरासत हेर्दा एमालेले आफ्नो दाबी गर्ने इलामको यो क्षेत्रमा माओवादीसमेतको समर्थनमा जित हात पार्नु उसका लागि पनि चमत्कारको कुरा भएन। इलाममा प्रायः दोस्रो रहने कांग्रेस दोस्रो नै रह्यो। उसले पनि आत्तिनुपर्ने वा मात्तिनुपर्ने कारण भएन। दुवै पार्टीको केही हजार तल, केही हजार माथि हुने हो। भएको हो। त्यसले गणितमा त प्रभाव पार्‍यो तर त्यसले राजनीतिक परिदृश्यमा कुनै खास संकेत दिएको मान्न सकिन्न।

एमालेको मतदाताले सुहाङलाई हेरेको पक्कै हैन, मत अन्त दिने स्थिति नभएपछि दिएको एमालेलाई नै हो। यत्ति हो कि एमाले नेतृत्वलाई चाहिँ सुहाङ त्यहाँ भइदिएकाले उम्मेदवार छान्न सजिलो भएको हो।

मान्छेले युवाको कुरा गरेको वा जातीय प्रभावको कुरा गरेको देख्छु। कांग्रेसले खड्काको ठाउँमा कुनै तन्नेरी लिम्बूलाई नै उठाएको भए पनि त्यत्तिको भरमा ज्यादा फरक पथ्र्यो भन्ने कुरामा म सहमत छैन। यसैगरी सधैंझैं ‘मुढा कांग्रेस’ भन्ने भाष्य पनि बनेकै छ, नौलो भएन। त्यसैगरी सुहाङ नेम्वाङको ठाउँमा एमालेले जसलाई उठाएको भए पनि सामान्यतः एमालेले जित्ने नै थियो भन्ने देखिन्छ।

सुहाङलाई बाबुको विरासत र सहानुभूतिको भोट आएको वा उनले युवा भएकाले जितेको भन्ने तर्क पनि वास्तविकताको त्यत्ति नजिक देखिन्न। लिम्बू त अरू पनि थिए, युवा उम्मेदवार अरू पनि थिए। एमालेको मतदाताले सुहाङलाई हेरेको पक्कै हैन, मत अन्त दिने स्थिति नभएपछि दिएको एमालेलाई नै हो। यत्ति हो कि एमाले नेतृत्वलाई चाहिँ सुहाङ त्यहाँ भइदिएकाले उम्मेदवार छान्न सजिलो भएको हो।

पहिचानवादी भनिएका डेकेन्द्र थेगिम स्वतन्त्ररूपमै चुनाव लडे पनि पहिचानको आन्दोलनमा लागेका शक्ति र अझ धरानका चर्चित मेयरको समेत समर्थन उनका लागि एउटा निकै अर्थपूर्ण र जबर्जस्त कुरा थियो। मान्छेले उनले ल्याएको ११ हजार माथिको मतलाई ठूलो उपलब्धि भनेका छन्।

यद्यपि ७० वर्ष पुराना पार्टीसँग चुनाव लडेको एक वर्ष पुरानो रास्वपाको के कस्तो मूल्यांकन गर्ने ? तर यहाँनिर जनताको राजनीतिक मनोविज्ञान र अभिलाषाको कोणबाट विषयलाई हेर्नु जरुरी हुन्छ।

पहिचानवादीहरूको असन्तुष्टिको पृष्ठभूमि र हर्क साम्पाङलगायतको जोडबलमा आएको यो मत उस्तो ठूलो उपलब्धि होइन। दुई–अढाइ हजार मत पहिचानको समर्थकबाट, त्यस्तै त्यस्तै मत हर्कको नाममा, दुई अढाइ हजार कांग्रेस/एमालेबाट बिच्कनेको मत र परिवर्तनका लागि भोट दिन उद्यत र त्यसका लागि रास्वपा विकल्प नहुने देखेपछि बदलिएको मतसहित जसोतसो मुढाले त्यति मत ल्यायो। कुन खास विचारणीय कुरा भयो र?

यो चुनाव, चुनाव जस्तो भएको नै रास्वपाका कारण हो भन्नेमा त शायद कसैको दुईमत नहोला। यद्यपि ७० वर्ष पुराना पार्टीसँग चुनाव लडेको एक वर्ष पुरानो रास्वपाको के कस्तो मूल्यांकन गर्ने ? तर यहाँनिर जनताको राजनीतिक मनोविज्ञान र अभिलाषाको कोणबाट विषयलाई हेर्नु जरुरी हुन्छ।

 कतिलाई त यो अपत्यारिलो भयो, झट्का नै लाग्यो। पार्टी उत्थानको पृष्ठभूमि, यसपछाडि जनताको प्रचण्ड आशा र रवि लामिछानेको आक्रामक व्यक्तित्वका कारणले त्यो सब भयो।

केही महिनाअघिको उपनिर्वाचनमा चितवन र तनहुँमा डाँडाकाँडा ढाकेको रास्वपाको मत देख्नेहरू केहीलाई त इलाममा खस्ने ७० हजार मतमा ६० हजार नै रास्वपाको पोल्टामा जाने हो कि भन्ने लागेको देखिन्थ्यो। अरू त अरू, कांग्रेसले समेत रास्वपालाई मुख्य प्रतिद्वन्द्वी जस्तो मानेर चुनावी अभियान अघि बढाएको कुरा चाखलाग्दो थियो।

यो चुनाव रास्वपाका लागि उसको जीवनमा नामकरण, अन्न–प्राशन जस्तै महत्त्वपूर्ण थियो र यसलाई सफल पार्न उसले गर्न सक्ने जति कुनै कुरा गर्न बाँकी पनि राखेन। पार्टीको सारा बल इलाममा परिचालित थियो तर पनि युवा मिलन लिम्बूले जमानत जोगाउन सकेनन्। कतिलाई त यो अपत्यारिलो भयो, झट्का नै लाग्यो। पार्टी उत्थानको पृष्ठभूमि, यसपछाडि जनताको प्रचण्ड आशा र रवि लामिछानेको आक्रामक व्यक्तित्वका कारणले त्यो सब भयो।

तर जनता उनको कुरामा चार खत माफ दिने जस्तो देखिएकै हुन्–सोसल मिडियामा या जताततै। उनका लागि छुट्टै, अरूका लागि छुट्टै कानुन बनाए पनि स्वीकार्ने जस्तो चेस्टा एउटा ठूलो तप्काले देखाएकै हो। 

रास्वपाले जनताले युवा खोज्छन् भनेर युवा नै उठायो, लिम्बू खोज्छन् भनेर लिम्बू नै उठायो, माओवादीको मत पनि तान्न सकियोस् भनेर पूर्वमाओवादीकै कार्यकर्तालाई उठायो। उसले जाने बुझे जति, सक्ने जति गर्‍यो। सबै गर्‍यो तर जनताको मनले अरू थोक नै खोजेको उसले बुझेको देखिएन। कतिले रास्वपाको उम्मेदवार ठीक भएन पनि भन्लान् तर रास्वपाको दयनीय मत परिणामका लागि उम्मेदवार छनोट कुनै कारण हो जस्तो देखिन्न।

कतिपयले सहकारी प्रकरणले रविलाई वा यसपालि रास्वपालाई डुबायो पनि भन्छन्। झट्ट हेर्दा यो दह्रो तर्क जस्तो देखिन्छ। गहिरो गरेर हेर्‍यो भने यो नै पनि मूल कारण हो जस्तो देखिन्न । रविलाई पासपोर्टदेखि अनेक कुराको आरोप त अघिल्लो चुनावअघिदेखि नै लागेकै हो। तर जनता उनको कुरामा चार खत माफ दिने जस्तो देखिएकै हुन्–सोसल मिडियामा या जताततै। उनका लागि छुट्टै, अरूका लागि छुट्टै कानुन बनाए पनि स्वीकार्ने जस्तो चेस्टा एउटा ठूलो तप्काले देखाएकै हो। 

पहिलोमा त नेपाली जनताको उग्र निराशा, वेदना, र असन्तुष्टि थियो–राज्यको काम गराइप्रति, अरू देशको तुलनामा आफ्नो देशको विकास र व्यवस्थाप्रति, भ्रष्टाचारप्रति, अन्यायप्रति, भेदभावप्रति, सुशासनप्रति। यी कुराका प्रति सशक्त वाणी दिएर रवि लामिछानेले आफ्नो पहिचान बनाएका थिए। 

त्यस अर्थमा रवि भाग्यमानी पनि हुन्। त्यसैले म यसलाई पनि रास्वपाको हारको मुख्य कारण जस्तो देख्दिन। नेपालको प्रचण्ड जनमत दुइटा कुराका लागि रवि र रास्वपाको पछि दौडेको थियो। इलामको उपनिर्वाचनले प्रष्टै देखायो कि जनताको त्यो आशा रवि र रास्वपाले पूरा गरेको वा पूरा गर्ने दिशामा, मनोदशामा वा क्षमतामा त्यो पार्टी नरहेको भन्ने निर्क्यौल जनताले निकालेका देखियो।

पहिलोमा त नेपाली जनताको उग्र निराशा, वेदना, र असन्तुष्टि थियो–राज्यको काम गराइप्रति, अरू देशको तुलनामा आफ्नो देशको विकास र व्यवस्थाप्रति, भ्रष्टाचारप्रति, अन्यायप्रति, भेदभावप्रति, सुशासनप्रति। यी कुराका प्रति सशक्त वाणी दिएर रवि लामिछानेले आफ्नो पहिचान बनाएका थिए। 

नीतिगत परिवर्तन र देश रूपान्तरणको कुरामा उसको भिन्न आवाज र पदचाप जनताले सुनेन। बरु आफैँले चिच्याइ चिच्याइ विरोध गरेको पुराना पार्टीसँग सत्ता मोलमोलाइ गरेको देखेपछि जनता आंफूले पात्र र प्रवृत्ति चिन्न नसकेको निर्क्यौलमा पुगेका देखिन्छ।

जनता यी कुराको अझ सशक्त भण्डाफोर चाहन्थे। विद्यमान प्रणाली र प्रक्रियालाई हरेक मोर्चामा रास्वपाले चुनौती दिनेछ भन्ने आशा गर्थे। तर एक वर्षमा रास्वपाले त्यस्तो ल्याकत देखाएन, कमसेकम जनताले चाहेजसो गरी उसले त्यो गरेन। सडक, सदनमा सामान्य विरोध त प्रतिपक्षी पार्टी हुँदा सबैले गरेकै हो। त्यस्तो परम्परागत विरोधको शैलीबाट जनता रास्वपासँग खुसी भएनन्।

दोस्रोमा रास्वपाले कामको पनि खुबै कुरा गरेको थियो। सरकारमा महत्त्वपूर्ण हिस्सा लिएर रहँदा पनि गति देखाउन सकेन। नीतिगत परिवर्तन र देश रूपान्तरणको कुरामा उसको भिन्न आवाज र पदचाप जनताले सुनेन। बरु आफैँले चिच्याइ चिच्याइ विरोध गरेको पुराना पार्टीसँग सत्ता मोलमोलाइ गरेको देखेपछि जनता आंफूले पात्र र प्रवृत्ति चिन्न नसकेको निर्क्यौलमा पुगेका देखिन्छ।

प्रकाशित: २५ वैशाख २०८१ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App