८ वैशाख २०८१ शनिबार

‘नागरिकता विधेयक प्रमाणीकरण संसद्को अपमान’

नेकपा एमालेले पुरानै संसद्ले पठाएको नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति संसद्को अपमान भएको जनाएको छ

नागरिकता विधेयकको बिरोधमा काठमाडौंमा प्रदर्शन

राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयक बिरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।आज काठमाडौंको माईतीघरमा नागरिकता विधेयक प्रमाणीकरण भएको बिरोधमा प्रदर्शन भएको हो।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट

राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संघीय संसद्बाट पारित भएर शीतलनिवासमा थन्किएको नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्न बनेको नागरिकतासम्बन्धी विधेयक, २०७९ प्रमाणीकरण गरेको विरोधमा सर्वोच्च अदालतमा रिट पेस भएको छ।

नागरिकता विधेयक प्रमाणिकरणविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटोफिचर)

नागरिकता विधेयक प्रमाणिकरणकाे विराेधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ। बिहीबार स्ववियुले आरआर कलेज अगाडी प्रदर्शन गरेको हो।

नागरिकता विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार होः उपाध्यक्ष नेम्वाङ

नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार भएको बताएका छन।

गलत समयमा नागरिकता विधेयक प्रमाणीकरण

संविधानले दिएको १५ दिनको समय सकिँदा प्रतिनिधिसभाको पनि कार्यकाल सकिएको भन्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई शीतल निवासमा थन्क्याएकी थिइन्। मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट संघीय संसद्को आकारसमेत परिवर्तन भएका बेला राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संसद्ले पारित गरेको विधेयक प्रमाणित गरेका हुन्।

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा शीतलनिवास अगाडि प्रदर्शन

बुधबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शीतलनिवास अगाडि प्रदर्शन गरेको हो।

विधेयक प्रमाणीकरण व्यवस्था धारा ११३ मा, राष्ट्रपतिले आधार माने ६१ र ६६, किन?

संविधानको धारा ६१ मा राष्ट्रपतिको परिचय छ। र, धारा ६६ मा काम कर्तव्य र अधिकार छ। धारा ६६ मा ‘विधेयक प्रमाणीकरण’को कुनै व्यवस्था छैन। विधेयक प्रमाणीकरणको व्यवस्था संविधानको धारा ११३ मा उल्लेख छ। तर राष्ट्रपति पौडेलले यो धारालाई आधार मानेका छैनन्। राष्ट्रपति कार्यालयबाट बुधवार प्रेषित विज्ञप्तिमा यो धारा कहीँ कतै उल्लेख छैन।

नागरिकता विधेयक प्रमाणीकरणबारे सामाजिक सञ्जालमा आलोचना,कस्ले के भने ?

प्रधानमन्त्री दाहालको भारत भ्रमण भएकै दिन नागरिकता विधेयक प्रमाणीकरण भएपछि त्यसकाे चौतर्फी आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा चर्को आलोचना सुरू भएको छ।

राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नु राष्ट्रहितविरूद्ध: रवि लामिछाने

बुधबार लामिछानेले सामाजिक सञ्जालमार्फत संसदमा छलफल नगराइ राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नु राष्ट्रहितविरूद्ध भएको बताएका हुन्।

नागरिकता विधेयकको प्रमाणीकरणमा ‘ब्लन्डर’ भयोः एमाले नेता नेम्वाङ

नेकपा एमालेका उपनेता सुवास नेम्वाङले विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण प्रक्रियालाई ब्लन्डर (गल्ती) को संज्ञा दिएका छन्।

शंकर पोखरेलको प्रश्न: प्रधानमन्त्रीलाई भारत भ्रमणअघि विधेयक प्रमाणीकरण गर्नुपर्ने के बाध्यता आइलाग्यो?

बुधबार सामाजिक सञ्जालमार्फत पोखरेलले भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने के बाध्यता आइलाग्यो भन्दै पाच प्रश्न गरेका हुन्।

यसरी प्रमाणीकरण भयो विवादास्पद नागरिकता विधेयक

अहिलेको नागरिकता विधेयकको नेकपा एमालेले विरोध गर्दै आएको छ। अघिल्लो संसद्मा पारित भएको विधेयक अघिल्लो संसद्कै कार्यकालमा प्रमाणीकरण हुनुपर्ने तर प्रमाणीकरण नभई रोकिएको यो विधेयकलाई फेरि प्रमाणीकरण गर्नुपरेमा मन्त्रिपरिषद्को सिफारिसको आधारमा होइन नयाँ संसद्बाट पारित भएर जानुपर्छ भन्ने प्रमुख प्रतिपक्षी एमालेलको माग छ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएको विवादास्पद नागरिकता विधेयकका विशेष प्रावधानहरू

संसद्का दुवै सदनले पारित गरेर दोस्रोपटक पठाउँदा समेत तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोजमा रोकिदिएको विधेयक पौडेलले प्रमाणीकरण गरेका हुन्।

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सरकारको आग्रह

सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि आग्रह गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति कार्यालयमा साउनदेखि थन्किएर बसेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न आग्रह गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्