९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरणः पूर्वमन्त्री आचार्यसँग विशेषले माग्यो धरौटी

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री भीम आचार्यसँग विशेष अदालतले धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार आरोपमा विशेष अदालतले उनीसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको हो।

सोमबार अदालतमा उपस्थित भएका आचार्यलाई न्यायाधीशहरूको संयुक्त इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो। अहिले उनी धरौटी रकम बुझाउने प्रक्रियामा रहेका छन्।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि पर्यटनमन्त्री रहँदा विमानस्थल निर्माण लागत अस्वाभाविक रूपमा बढाएर अनियमितता गरेको आरोप लगाउँदै गत मंसिर २१ गते मुद्दा दर्ता गरेको थियो।

यस बहुचर्चित प्रकरणमा कुल ५५ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूबाट करिब आठ अर्ब ३६ करोड रुपैयाँ बराबरको बिगो असुल गर्न माग गरिएको छ।

प्रकाशित: ९ चैत्र २०८२ १८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App