झापाको कमल गाउँपालिकामा सोमबार एकै दिन एक वृद्धसहित दुई शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गापा–३ तोपगाछीस्थित २१ नम्बर सैनिक बाहिनीमा कार्यरत ३३ वर्षीया टिका आङ्देम्बे र कमल गाउँपालिका–२ क्याम्पा निवासी ७२ वर्षीय लालबहादुर तामाङ स्याङ्बोको झुण्डिएको अवस्थामा शव फेला परेको हो।
मृतक आङ्देम्बेका श्रीमान अम्बर थापा पनि सोही सैनिक कार्यालयमा कार्यरत रहेको प्रहरीले जनाएको छ। दुवै शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि परिवारलाई जिम्मा दिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: ९ चैत्र २०८२ १८:५७ सोमबार





