प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित एक जना थाई नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौं आएका राहदानी नम्बर एसी २५६६३५६ का ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।
उनले भने, ‘सोमबार थाई एअरलाइन्सको उडान नम्बर टिजी ३०९ द्वारा बैङ्ककबाट काठमाडौं आगमन भएका निज थाई नागरिक थुइओनले आफ्नो सुटकेसभित्र प्रतिबन्धित लागुऔषध गाँजाजस्तो देखिने पदार्थ अन्दाजी तीन किलो ४३५ ग्राम (प्लाष्टिक सहित) लुकाइछिपाई लैजान लागेको अवस्थामा विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको हो।’
नियन्त्रणमा लिइएका थाई नागरिक थुइओनलाई आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको प्रहरी नायब उपरीक्षक नेउपानेले बताए।
प्रकाशित: ९ चैत्र २०८२ १८:२८ सोमबार





